अभिनेत्री कंगनालाई कोरोना संक्रमण | Khabarhub Khabarhub

अभिनेत्री कंगनालाई कोरोना संक्रमण


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउड अभिनेत्री कंगना रनावतलाई कोरोना संक्रमण भएको छ । आफूमा कोरोना पोजेटिभ देखिएपछि उनले आफूलाई होम क्वारेन्टाइन गरेकी छन् ।

दैनिक जागरणका अनुसार ट्वीटरले उनको एकाउण्ट सस्पेण्ड गरिदिएपछि इन्स्टाग्राममार्फत आफ्ना फ्यानलाई कोरोना संक्रमणबारे जानकारी दिएकी हुन् ।

‘निकै थाकेको महशुस गरेकी छु । केही दिन अघिदेखि मेरो आँखा पोलिरहेको छ । मैले हिजो मात्र स्वाब टेस्ट गराएको थिएँ, आज रिजल्ट आयो । मैले आफूलाई क्वारेन्टाइनमा राखेकी छु । मलाई थाहा छैन, यो भाइरस मेरो शरीरमा कसरी आयो । म यसलाई समाप्त पार्नेछु’, उनले लेखेकी छन् ।

उनले आम मानिसलाई कुनै पनि शक्तिलाई आफूमाथि हावी हुन नदिन आग्रह गरेकी छन् । ‘यदि तपाईं डराउनुभयो भने अझ बढी डराउनुहुनेछ । आउनुहोस्, सँगै मिलेर यो भाइरसलाई परास्त गरौं’, उनले लेखेकी छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  १ : ०५ बजे

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा