यात्रुसँग बढी भाडा असुलेको आरोपमा ३ जना पक्राउ | Khabarhub Khabarhub

यात्रुसँग बढी भाडा असुलेको आरोपमा ३ जना पक्राउ


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले काठमाडौँको गौशाला र कोटेश्वरको यातायात काउण्टरबाट बढी भाडा असुलेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखका अनुसार कोटेश्वरबाट धनुषा घर भएका कृष्ण देवकोटा र झापा घर भएका खड्गबहादुर भण्डारीलाई पक्राउ गरिएको छ भने गौशालास्थित यातायात काउण्टरबाट दोलखाको सिंगटी घर भएका ३४ वर्षीय राम सुरेललाई पक्राउ गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईका अनुसार उपत्यकामा निषेधाज्ञा लागू भएपछि उपत्यका छाड्न खोज्ने यात्रुसँग उनीहरुले चर्को भाडा असुलेका थिए ।

शुक्रवार पक्राउ परेका दुई जनाले बसमा झापा र मोरङ जान चाहने यात्रुसँग ३ हजारदेखि ४ हजार ५ सय असुलेको प्रहरीको दाबी छ ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  १२ : २५ बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको