साथीको हत्या आरोपमा प्रकाश तामाङ पक्राउ | Khabarhub Khabarhub

साथीको हत्या आरोपमा प्रकाश तामाङ पक्राउ


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आफ्नै साथीको हत्या गरेको आरोपमा प्रहरीले सुनसरीबाट एकजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा सुनसरीको वराह नगरपालिका–४ घर भएका प्रकाश तामाङ रहेका छन् ।

इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले २४ वर्षीय तामाङलाई इटहरी उपमहानगरपालिका–६ बाट पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय इटहरीका इन्सपेक्टर केशव कुमार कटवाल उनले वैशाख २२ मा रातको समयमा इटहरी उपमहानगरपालिकाको ट्याङ्ग्रा खोलामा हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

दायाँ हातको नाडीमा ‘दुखी राई’ नाम लेखेका मृतकको यकिन नाम ठेगाना खुलेको छैन । प्रकाशले उनी सडकमा भेटेर ‘साथी’ बनेको तर नाम र ठेगाना थाहा नभएको प्रहरीलाई बताएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ११ : ५८ बजे

सेतो मच्छिन्द्रनाथ : महिलाको शक्ति (तस्बिरहरू) 

काठमाडौं– सेतो मच्छिन्द्रनाथकाे रथ शुक्रबार काठमाडौंकाे लगनटाेलमा रहने भएको छ

ट्राफिक प्रहरीको लापसे चेकिङमा पाँच जना पक्राउ

काठमाडौं– काठमाडौंको नागढुङ्गाबाट लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका

नि:शुल्क स्वास्थ्य शिविरमा गाउँका दर्जनौँ महिला लाभान्वित 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिका-८ क्षेत्रपा स्वास्थ्य चौकीमा वडाले आयोजना गरेको

रविलाई पूर्वडीआइजीको सुझाव : भागेर हुँदैन

काठमाडौं- नवराज सिलवालको पहिचान नेपाल प्रहरीको पूर्वडीआईजी भन्दा फराकिलो भएको

नेसपाले बझाङ उपनिर्वाचनमा ‘राइट टू नो भोट’को नीति अपनाउने

काठमाडौं– डा. बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टीले बझाङको उपनिर्वाचनमा