मालिकामा २० शय्याको आइसोलेसन वार्ड | Khabarhub Khabarhub

मालिकामा २० शय्याको आइसोलेसन वार्ड


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिकाले कोरोना सङ्क्रमितको उपचार गर्न १५ शय्याको आइसोलेसन वार्ड निर्माण गरेको छ ।

कोरोना सङ्क्रमितको उपचार गर्न वडा नम्बर ६ दरबाङ छयारछयारेस्थित बहुउद्धेश्ययीय सभा हलमा अक्सिजन सहितको आइसोलेसन वार्ड बनाएको गाउँपालिकाका स्वास्थ्य सह–संयोजक राजेश थापाले जानकारी दिए ।

यसअघि गाउँपालिकाले दरबाङस्थित जनप्रिय माविको विद्यालय भवनमा पाँच शय्याको कोरोना अस्पताल बनाएको थियो । सो कोरोना अस्पतालमा एक चिकित्सक, दुई नर्स र एक कार्यालय सहयोगीको व्यवस्था गरिएको थियो ।

अहिलेसम्म गाउँपालिकाको आइसोलेसनमा कोरोना सङ्क्रमित भर्ना भएका छैनन् ।

आइसोलेसनमा स्वास्थ्यकर्मीको व्यवस्था गरिने स्वास्थ्य संयोजक थापाले जानकारी दिनुभयो । आइसोलेसन वार्डमा अक्सिमिटर र अक्सिजनको व्यवस्था गरिएको छ ।

उनका अनुसार मालिका गाउँपालिका ठेगाना भइ हाल गाउँपालिका बाहिर बसोबास गर्नेलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

“जिल्लामा कोरोना सङ्क्रमणको दर उच्च रहेको र गाउँपालिका भित्रका सङ्क्रमितले उपचार नै नपाउने अवस्था आउन नदिन आइसोलेसन वार्ड निर्माण गरिएको हो”, गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरले भने, “सङ्क्रमण समुदायस्तरमा फैलिन नदिन गाउँपालिकाले २५ गतेदेखि नियमित रुपमा स्वाब सङ्कलन गर्ने छ ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ७ : ४१ बजे

सिरहाबाट कटुवा पेस्तोलसहित बाबु–छोरा पक्राउ

सिरहा । सिरहा प्रहरीले कटुवा पेस्तोलसहित बाबु छोरालाई पक्राउ गरेको

आजका समाचार : प्रचण्ड-देउवाबीच भेटदेखि राष्ट्रियसभा उपाध्यक्ष अर्यालको राजीनामासम्म

प्रचण्ड र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ? प्रधानमन्त्री पुष्पकमल

पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु

धनकुटा– ग्याँस लोड गर्दैगरेका चालकको पिकअप भ्यानको ठक्करबाट मृत्यु भएको

डा हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले डा. हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको

बागमती प्रदेश सरकार विस्तार

हेटौंडा– बागमती प्रदेश सरकार विस्तार भएको छ ।  मुख्यमन्त्री शालिकराम