काठमाडौँका घरहरुमा दिउँसो चोरी गर्ने 'कुखुरे समूह'का पाँच पक्राउ | Khabarhub Khabarhub

काठमाडौँका घरहरुमा दिउँसो चोरी गर्ने ‘कुखुरे समूह’का पाँच पक्राउ


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले चोरीमा संलग्न एक समूहका पाँच जनालाई पक्राउ गरेको छ। चोरीमा संलग्न कुखुरे भनि चिनिने राजेश लामिछाने समूहका पाँच जनालाई पक्राउ गरेको हो ।

बालाजु, महाराजगंज क्षेत्रलाई आधार बनाएर काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा दिउँसै चोरी गरेको आरोपमा महानगरीय प्रहरी वृत्त,महाराजगञ्‍जको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बालाजुका २५ बर्षीय राजेश लामिछाने ‘कुखुरे’, नुवाकोटका २५ वर्षीय भिम तामाङ ,काठमाण्डौ चन्द्रागिरीका २३ वर्षीय रितेश लामा, धादिङका २७६ वर्षीय बिलाष खतिवडा र धादिङकै २८ वर्षीय नवराज सदाशंकर रहेका छन्।

प्रहरीले उनीहरुको चार थान मोबाइल, एक थान एलइडी टिभी, सुनका गरहगना ३ तोला ४० लाल बरामद गरेको जनाएको छ।

घरमा कोही नभएको मौका पारेर उनीहरुले दिउँसै चोरी गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत महाराजगञ्ज पठाइएको छ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  ८ : ४५ बजे

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने

शनिबारदेखि कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको सिरिज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इटालीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले त्यहाँका राष्ट्रपति

नेपाल–चीन सहायता परियोजना बैठक सम्पन्न

काठमाडौ‌– नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि