कोरोना संक्रमण रोक्न कतारमा कर्मचारी घटाउनेदेखि खेलकुद गतिविध रोक्ने सम्मका निर्णय | Khabarhub Khabarhub

कोरोना संक्रमण रोक्न कतारमा कर्मचारी घटाउनेदेखि खेलकुद गतिविध रोक्ने सम्मका निर्णय


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि कतारले विभिन्न क्षेत्रमा लगाएको प्रतिबन्धमा थप कडाइ गर्ने निर्णय गरेको छ ।

बुधबार प्रधानमन्त्री तथा गृहमन्त्री शेख खालिद बिन खलीफा बिन अब्दुलाजीज अल थानीको अध्यक्षता बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिबन्ध थप कडाई गर्ने निर्णय गरेको हो ।

सार्वजनिक तथा निजी कम्पनीका कर्मचारीहरु ५० प्रतिशतमा घटाउने, संग्रहालयहरु, पुस्तकालयहरु, नर्सरीहरु बन्द गर्ने, सार्वजनिक पार्क र कर्नेसमा भेला हुन अनुमति नदिने लगायतका निर्णय गरिएको छ ।

सरकारी एजेन्सीहरूको कार्यस्थलमा उपस्थित कर्मचारीहरूको संख्या घटाउँदै प्रत्येक इकाईका कर्मचारीहरूको कुल सङ्ख्याको ५० प्रतिशतले कार्यालयमा काम गर्ने र बाँकी कर्मचारीहरू घरबाट वा अनुरोधमा टाढा रहेर काम गर्नुपर्ने उल्लेख गरिएको छ ।

यसैगरी सरकारी तथा निजी क्षेत्रका कर्मचारीहरू र कामदारहरूको लागि उनीहरूको कामको ठाउँमा उपस्थित सबै बैठकहरू (टाढाबाट) आधुनिक प्राविधिको माध्यमहरू प्रयोग गर्नुपर्नेछ। यदि यो सम्भव छैन भने ५ जना भन्दा बढी व्यक्तिले स्वास्थ्य मापदण्डको पालना गरी बैठक गर्नुपर्ने जनाइएको छ ।

सबै नागरिकले घर बाहिर निस्किँदा अनिवार्य मास्क लगाउनु पर्नेछ । घर भित्र वा बाहिर विवाह अनुमति नदिने, सार्वजनिक पार्क, समुद्री किनार र कर्नेसमा भेला हुने वा बस्ने अनुमति नदिने समेत निर्णय गरिएको छ ।

त्यसैगरी खेल मैदानहरू र खेल उपकरणहरू बन्द गर्ने लगायतका ३३ बुँदे निर्णय गरिएको छ । स्वास्थ्य मापदण्डका नियम उल्लंघन गरेको पाइएमा दुई लाख कतारी रियाल जरिवाना र तीन वर्षसम्म कैद सजाय तोकिएको छ ।

कतार सरकारले जारी गरेका सबै निर्णय पालना गर्न नेपाली दूतावासले यहाँ रहेका नेपालीहरुमा आग्रह गरेको छ । नयाँ निर्णय भोलि ९ अप्रिलदेखि अर्को सूचना नभएसम्म लागू हुने जनाइएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  ८ : २४ बजे

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङको

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको

सुदूरपश्चिम सरकारबाट बाहिरिन दलका नेतालाई नागरिक उन्मुक्तिको निर्देशन

सुदूरपश्चिम – नागरिक उन्मुक्ति पार्टी केन्द्रीय कार्यालयले नेपाली कांग्रेस नेतृत्वको

दुर्गा प्रसाईँले पाएको हतियार इजाजतबारे छानबिन गर्न समिति गठन

काठमाडौं – गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नाममा इजाजत

सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु

डोटी – नुहाउने क्रममा सेती नदीमा डुबेर डोटीमा एक किशोरको