पत्रकार महासंघ निर्वाचन : चितवन र काभ्रेमा लोकतान्त्रिक गठबन्धन विजयी | Khabarhub Khabarhub

पत्रकार महासंघ निर्वाचन : चितवन र काभ्रेमा लोकतान्त्रिक गठबन्धन विजयी


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल पत्रकार महासंघको निर्वाचनमा चितवन, काभ्रे र तनहुँमा प्रेस युनियन नेतृत्वको गठबन्धनले जीत हात पारेको छ ।

महासङ्घ चितवनको अध्यक्षमा राष्ट्रिय समाचार समिति (रासस) चितवनका प्रमुख नारायणप्रसाद अधिकारी निर्वाचित भएका छन् । आज सम्पन्न मतगणनामा नेपाल प्रेस युनियन नेतृत्वको गठबन्धनका उम्मेदवार अधिकारीले निकटम प्रतिद्वन्द्वी प्रेस चौतारीका उम्मेदवार तिलक रिमाललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष अधिकारीले १४६ मत प्राप्त गरे भने निकटम प्रतिद्वन्द्वी रिमालले ११२ मत प्राप्त गरे । अर्का अध्यक्षका उम्मेदवार सूर्य प्रकाश कँडेलले चार मत प्राप्त गरे ।

यसैगरी महासङ्घको खुल्ला उपाध्यक्षमा प्रकाशमणि ज्ञवाली, महिला उपाध्यक्षमा प्रमिता ढकाल, सचिवमा दीपेन्द्र अधिकारी, समावेशी सहसचिवमा उर्गेन तामाङ, खुल्ला सहसचिवमा आनन्द पोखरेल र कोषाध्यक्षमा राजेन्द्र आचार्य निर्वाचित भएका छन् । यस्तै सदस्यहरूमा शोभा पुडासैनी, एलिना पोख्रेल (प्रिति), तुलमान गुरुङ, अनिल भट्टराई, बबिलाल तामाङ, बसन्त शर्मा ढुङ्गाना, विप्लव काफ्ले, सरिता पौडेल, विवेक पोखरेल, ज्ञानेन्द्र तामाङ र समिक्षा पुरी विजयी भएका छन् ।

यस्तै, पत्रकार महासङ्घ काभ्रेपलाञ्चोकको अध्यक्षमा प्रेस युनियनका बद्रीराज तिमल्सिना विजयी भएका छन् । तिमल्सिनाले निकटतम प्रतिस्पर्धी प्रेस चौतारीका नवराज बजगाईंलाई १७ मतको अन्तरले पछाडि पार्दै ६८ मत प्राप्त गरी विजयी भएका हुन् ।

त्यस्तै उपाध्यक्षमा विनोद न्यौपाने, महिला उपाध्यक्षमा सुनिता सापकोटा, सचिवमा कपिल कोइराला, कोषाध्यक्ष केदारनाथ तिमल्सिना, खुल्ला सहसचिवमा सरोज अधिकारी, समावेशी सह–सचिवमा जगतमान बल तामाङ विजयी भएका छन् ।

सदस्यमा क्रमशः अशोक महत, देवराज केसी, मोहनकुमार तिमल्सिना, रञ्जित बोहोरा, सन्तोष न्यौपाने, सुकदेव थपलिया, शिवप्रसाद पन्त र सुरज श्रेष्ठ विजयी भएका छन् । कार्य समितिको अपाङ्गता सदस्यमा रामचन्द्र छन् ।

महासङ्घ केन्द्र र प्रदेशमा तनहुँका तीन निर्वाचित

नेपाल पत्रकार महासङ्घ केन्द्रीय र गण्डकी प्रदेश समितिमा तनहुँबाट तीन जना निर्वाचित भएका छन् ।

महासङ्घको केन्द्रीय समितिमा प्रदीप काफ्ले, गण्डकी प्रदेश समितिको उपाध्यक्षमा सोनी शर्मा र प्रदेश सदस्य पदमा सानेबहादुर नेपाली निर्वाचित भएका हुन् । तीन जना प्रेस युनियन र प्रेस सेन्टर प्यानलबाट निर्वाचित भएका हुन् ।

महासङ्घ तनहुँ शाखाका पूर्वअध्यक्ष रहेका काफ्लेले ५५३ मत प्राप्त गरेका छन् । त्यस्तै शाखाका निवर्तमान उपाध्यक्ष रहेकी शर्माले ५५२ र नेपालीले ५२० मत प्राप्त गरे । पत्रकार महासङ्घ जिल्ला शाखामा भने प्रेस चौतारी र प्रेस मञ्चका संयुक्त उम्मेदवार उज्वल पौडेल निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  ८ : ४० बजे

आजका समाचार : प्रचण्ड-देउवाबीच भेटदेखि राष्ट्रियसभा उपाध्यक्ष अर्यालको राजीनामासम्म

प्रचण्ड र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ? प्रधानमन्त्री पुष्पकमल

पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु

धनकुटा– ग्याँस लोड गर्दैगरेका चालकको पिकअप भ्यानको ठक्करबाट मृत्यु भएको

डा हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले डा. हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको

बागमती प्रदेश सरकार विस्तार

हेटौंडा– बागमती प्रदेश सरकार विस्तार भएको छ ।  मुख्यमन्त्री शालिकराम

सरकारले भूमि बैंकको प्रस्ताव ल्याएकोमा किसान संगठनको आपत्ति

काठमाडौं– ६ किसान सङ्गठनहरूले भूमि बैंकको प्रस्ताव नल्याउन र राष्ट्रिय