भारतीय प्रधानमन्त्रीले लगाए कोरोनाविरुद्धको खोपको दोस्रो डोज | Khabarhub Khabarhub

भारतीय प्रधानमन्त्रीले लगाए कोरोनाविरुद्धको खोपको दोस्रो डोज


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज लगाएका छन् ।

मोदीले बिहीबार खोपको दोस्रो डोज लगाएको आफ्नो ट्वीटरमार्फत जानकारी गराएका छन् ।

पहिलो डोज मार्च १ मा लगाएका मोदीले नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिट्युट अफ मेडिकल साइन्समा पुगेर दोस्रो डोजको खोप लगाएका हुन् । उनले भारत मै उत्पादित कोरोनाविरुद्धको खोप कोभ्याक्सिन लगाएका हुन् ।

कोरोनालाई हराउने कम तरिकामध्ये एक खोप रहेको भन्दै उनले खोप लगाउन योग्य सबैले खोप लगाउन पनि अनुरोध गरेका छन् ।

भारतमा अहिले कोरोना महामारीको दोस्रो लहर चलिरहेको छ । भारतमा कोरोनाको दोस्रो लहर पहिलो लहरभन्दा निकै खतरनाक देखिएको छ । भारतमा दैनिक संक्रमित हुनेको संख्या एक लाख नाघेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  ११ : २८ बजे

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा