पत्रकार महासंघ चुनाव : मतपरिणाम आउने क्रम जारी, कहाँ कसको जित ? | Khabarhub Khabarhub

पत्रकार महासंघ चुनाव : मतपरिणाम आउने क्रम जारी, कहाँ कसको जित ?


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि बुधबार भएको चुनावको मतपरिणाम आउने क्रम जारी छ ।

बिहीबार बिहानसम्म प्रदेश एसोसिएटबाट विकास कार्की र कृति भट्टराई केन्द्रीय कार्यसमितिमा विजयी भएका छन् । अध्यक्षमा बैकुण्ठ पराजुली बुधबार नै विजयी भएका थिए ।

यस्तै झापामा लोकतान्त्रिक गठबन्धनको नेतृत्व गर्दै प्रेस युनियन एकराज गिरी नेतृत्वको प्यानलले अध्यक्षसहितका पदमा वर्चश्व कायम गरेको छ ।

दार्चुलामा भने कृष्ण धामी अध्यक्षमा निर्वाचित भएका छन् ।  ललितपुर अध्यक्षका प्रेस संगठनका सागर न्यौपानेको लोकतान्त्रिक प्यानल विजयी भएका छन् । बझाङको अध्यक्षमा शैलेन्द्र रोकायाको प्यानल विजयी भएको छ ।

नेपाल पत्रकार महासंघ पर्वतको अध्यक्षमा सन्तोष थापा विजयी भएका छन् । थापा प्रेस चौतारी निकट पत्रकार हुन् ।

पत्रकार महासंघ काभ्रेको अध्यक्षमा प्रेस युनियनका बद्रीप्रसाद तिमल्सिना विजयी भएका छन् । दोलखामा नेपाल प्रेस युनियनका दीपशंकर चौलागाँई अध्यक्षमा निर्वाचित भएका छन् ।

डोटीमा नेपाल प्रेस युनियनका मोहन शाहीको प्यानल नै विजयी भएको छ । यस्तै बर्दियामा यादव आचार्यको लोकतान्त्रिक प्यानल नै विजयी भएको छ ।

पाल्पामा माओवादी निकट प्रेस सेन्टरका रेखीराम राना अध्यक्षमा निर्वाचित भएका छन् ।

गुल्मीमा माधव नेपाल निकट प्रेस चौतारीका टोललाल अर्याल विजयी भएका छन् ।

अर्घाखाँचीमा प्रेस सेन्टरका अशोक खनाल विजयी भएका छन् । रोल्पामा पनि प्रेस सेन्टरको अध्यक्षतामा जिल्ला नेतृत्व आएको छ ।

प्युठान र कपिलवस्तुमा प्रेस युनियनको नेतृत्वमा जिल्लाको नेतृत्व आएको छ । कपिलवस्तुबाट जिल्ला अध्यक्ष किरणमान ब्रर्जाचार्य सर्वसम्मत चयन भइसकेका छन् ।

अहिलेसम्मको मतपरिणाममा विपुल पोखरेल नेतृत्वको प्यानलले धेरै ठाउँमा जित हात पारेको छ ।

महासंघको अध्यक्षमा पोखरेल र निर्मला शर्माको प्यानल प्रतिष्पर्धामा थियो । यस्तै अध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दिएका गजेन्द्र बुढाथोकीलाई पनि केहीले भोट हालेका छन् ।

लुम्बिनी प्रदेशका सबैजसो जिल्लाबाट विपुल पोखरेल नेतृत्वको लोकतान्त्रिक प्रगतिशील नेतृत्व अगाडि आएको छ ।

प्रेस युनियन, प्रेस सेन्टर, माधव नेपाल निकट प्रेस चौतारी, प्रगतिशील पत्रकार संगठनहरुबीच भएको गठबन्धनबाट यो समूहले जिल्ला, प्रदेश तथा केन्द्रमा आफ्नो पक्षमा नतिजा सुरक्षित गरेको छ ।

लुम्बिनी प्रदेशका रुपन्देही, पाल्पा, गुल्मी जिल्लामा लामो समयदेखि नेतृत्व लिएको प्रेस चौतारी पछाडि परेको छ ।

गुल्मीबाट केन्द्रीय अध्यक्षमा विपुल पोखरेललाई ३९ र निर्मला शर्मालाई १९ मत आएको छ भने प्रदेश अध्यक्षमा बसन्त गिरी लाई ३५ र भरत केसीलाई १८ मत आएको छ ।

पाल्पाबाट केन्द्रीय अध्यक्षमा विपुल पोखरेललाई ४१ र निर्मला शर्मालाई ४७ मत आएको छ भने प्रदेश अध्यक्षमा बसन्त गिरीलाई २८ र भरत केसीलाई ४५ मत आएको छ ।

रोल्पाबाट केन्द्रीय अध्यक्षमा विपुल पोखरेललाई ४६ र निर्मला शर्मालाई २८ मत आएको छ भने प्रदेश अध्यक्षमा बसन्त गिरीलाई ४७ र भरत केसीलाई २६ मत आएको छ ।

कपिलवस्तुबाट प्रदेश अध्यक्षमा बसन्त गिरीलाई १२२ र भरत केसीलाई ३० मत आएको छ ।

 

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  ८ : ३५ बजे

राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरि काम गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं– उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक परिवर्तनको औचित्य पुष्टि

कालीगण्डकीमा भिटामिन ‘डी’ को खोपसहित दुईदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न 

स्याङ्जा– कालीगण्डकी गाउँपालिका स्याङ्जामा गाउँपालिका र गाउँसेवा परिवार कालीगण्डकी गाउँपालिका

लण्डन म्याराथन दौड : नेपालका कुशल दीक्षित छनोट

काठमाडौँ– विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौँ– नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु भएको छ

केबल परिवर्तनका लागि काठमाडौँका केही ठाउँमा विद्युत् अवरुद्ध

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा आज विद्युत सेवा अवरुद्ध भएको छ