भारतमा संक्रमितको संख्यामा नयाँ रेकर्ड, एकैदिन १ लाख २६ हजार संक्रमित | Khabarhub Khabarhub

भारतमा संक्रमितको संख्यामा नयाँ रेकर्ड, एकैदिन १ लाख २६ हजार संक्रमित


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  भारतमा थप ‍१ लाख २६ हजार ३१५ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

२४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो । यसअघि गत (बुधबार) चैत्र २५ मा भारतमा दोस्रो धेरै १ लाख १५ हजार २६९ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २९ लाख २६ हजार ६१ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १८ लाख ४८ हजार ९०५ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ९ लाख १० हजार २६१ छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६६ हजार ८९२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप ६८४ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  ६ : ३८ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०