समर्थन देखाउन इजिप्टका विदेशमन्त्री लेबनानमा | Khabarhub Khabarhub

समर्थन देखाउन इजिप्टका विदेशमन्त्री लेबनानमा


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेरुत (सिन्ह्वा)- इजिप्टका विदेशमन्त्री लेबनानको राजधानी बेरुत आएका छन् ।

लेबनानलाई समर्थन देखाउन उनी बुधबार बेरुत आएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

इजिप्टका विदेशमन्त्री सामेह शौक्रीले इजिप्टका राष्ट्रपति अब्दुल फताह अल सिसिको सन्देश लिएर लेबनानका राष्ट्रपति मिचेल औनलाई भेटेको जनाइएको छ ।

इजिप्टको तर्फबाट जारी गरिएको वक्तव्यमा लेखिएको छ, “लेबनानप्रति ऐक्यबद्धता जनाउन इजिप्ट सरकारको तर्फबाट प्रतिनिधिका रुपमा उहाँ जानुभएको हो ।”

बाब्डा प्यालेसमा औनसँग शौक्रीको भेटवार्ता भएपछि इजिप्टको तर्फबाट यस्तो वक्तव्य आएकोले यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

लेबनानले भोगिरहेका विभिन्न समस्याहरु समाधान गर्न इजिप्टको तर्फबाट हुनसक्ने सहयोग र खेल्नुपर्ने भूमिकाका बारेमा उनीहरुबीचमा छलफल भएको जनाइएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  ५ : ५० बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न