नेकपा (एमाले) सबैलाई समेटेर अघि बढ्छ : मन्त्री ढकाल | Khabarhub Khabarhub

नेकपा (एमाले) सबैलाई समेटेर अघि बढ्छ : मन्त्री ढकाल


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सबैलाई समेटेर अगाडि बढ्ने बताएका छन् ।

पुनःस्थापित नेकपा (एमाले) मोरङ जिल्ला पार्टी कार्यालयको शुभारम्भ गर्दै उनले वर्तमान सरकारले विश्वासको मत पाए सरकार सञ्चालन गर्ने अन्यथा स्थानीय तह र सङ्घीय निर्वाचनका लागि नयाँ जनादेशमा जान तयारी शुरु गरेको विचार व्यक्त गरे ।

मन्त्री ढकालले एमालेले संसदमा विश्वासको मत लिने स्पष्ट पार्दै यसका लागि पार्टीलाई एउटा दलका साथ लिए विश्वासको मत प्राप्त हुने तर अन्यले तीन दलको साथ पाउनुपर्ने भएकाले पार्टीले सबै विकल्प खुल्ला गरेको धारणा राखे ।

उनले निर्वाचनका समयमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को नाराका साथ विजयी भएकाले प्रतिपक्षका नेतालाई प्रधानमन्त्री बनाउन पहल गर्नु जनताले सबै बुझेका छन् भन्दै पार्टीभित्रबाट तीन वर्ष सरकार सञ्चालन र जनताको काम गर्नमा सधैँ बाधा–व्यवधान उत्पन्न गरेको आरोपसमेत लगाए ।

विराटनगर–११ स्थित पार्टीको पुराना कार्यालयमा नयाँ बोर्ड लगाई आजदेखि एमालेको कार्यालयको शुभारम्भ गरिएको हो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ७ : ३८ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय