नेपाल समूह एमालेमै रहेर 'ओली प्रवृत्ति'विरुद्ध लड्ने, ह्वीप नमान्ने | Khabarhub Khabarhub

नेपाल समूह एमालेमै रहेर ‘ओली प्रवृत्ति’विरुद्ध लड्ने, ह्वीप नमान्ने


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले साविकको एमाले र माओवादी केन्द्र ब्यूँताएपछि माधवकुमार नेपाल समूह एमालेमै फर्किने भएको छ।

दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक अघि बसेको नेपाल समूहको बैठकले अदालतले गरेको फैसलाअनुसार ब्युँतिएको एमालेमा फर्किने तर अध्यक्ष केपी शर्मा ओलीले लगाएको ह्विप नमान्ने निष्कर्ष निकालेको हो ।

छलफलमा नेपाल समूहले एमालेमै रहेर ओली प्रवृत्तिविरुद्ध लड्ने निष्कर्ष निकालेका हुन् ।

‘हामी अदालतको आदेशका कारण एउटा विशेष अवस्था आइ परेको छ। हामी एमाले फर्किन्छौं तर ओली प्रवित्तिविरुद्ध लड्छौं। ह्वीप मान्नेवाला छैनौं’, नेपाललाई उदृत गर्दै स्रोतले भन्यो।

एमाले र माओवादी ब्युँताइएको विषयमा भने अदालतको फैसला पुनरावलोकनका लागि निवेदन दिने निर्णयमा पनि उक्त समूह पुगेको छ।

२०७५ जेठ ३ गते एकता भएपछि गठित नेपाल कम्युनिष्ट पार्टी नेकपामा विभाजन देखिएपछि नेता नेपाल समूह पुष्पकमल दाहाल प्रचण्ड समूहमा मिसिएका थिए। अहिले प्रचण्डमा माधव पक्षको स्थायी कमिटी बैठक बसिरहेको छ।

छलफलले एमालेमै रहेर ‘ओली प्रवृत्ति’विरुद्ध लड्दै पुन: पार्टी एकताको लागि पहल गर्ने भएको छ। बैठकमा माधव नेपाल, झलनाथ खनाल, भीम रावल, वेदुराम भुषाललगायत नेताहरु सहभागी थिए।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ५ : ३० बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६