सामाजिक सञ्जालमा रिया चक्रवर्तीको पुनरागमन | Khabarhub Khabarhub

सामाजिक सञ्जालमा रिया चक्रवर्तीको पुनरागमन


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेत्री रिया चक्रवर्तीले झण्डै ६ महिना पछि सामाजिक सञ्जालमा पुनरागमन गरेकी छन् । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर उनले आफ्नो आमालाई शुभकामना दिँदै एक तस्वीर इन्स्टाग्राममा शेयर गरेकी छन् ।

बलिउड लाइफमा प्रकाशित समाचार अनुसार तस्वीरमा रियाको हात कुनै एक महिलाको हातमाथि देखिन्छ । उनले तस्वीर शेयर गर्दै आमालाई बधाई दिएकी छन् ।

‘हामीलाई महिला दिवसको शुभकामना…आमा र म, जहिल्यै सँगै, मेरो हिम्मत, मेरो विश्वास, मेरो धैर्य, मेरी आमा ।’ उनले लेखेकी छन् ।

लामो समयपछि सामाजिक सञ्जालमा पुनरागमन गरे पनि उनीप्रति अभिनेता सुशान्त सिंह राजपूतका फ्यानको रिस कम भएको छैन । उनको यो तस्वीर हेरेपछि सुशान्तका फ्यान निकै रिसाएका छन् ।

बलिउड अभिनेता सुशान्त सिंह राजपूत र रिया लामो समय डेटमा थिए । तर अभिनेताले आत्महत्या गरेपछि उनका फ्यानको रिस रियाप्रति सोझिएको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ३ : ५० बजे

कोशी प्रदेशमा संकल्प प्रस्ताव टेबुल

काठमाडौं– कोशी प्रदेशमा संकल्प प्रस्ताव टेबुल भएको छ । नेकपा

रुखबाट खसेर एक जनाको मृत्यु

ढोरपाटन– बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु

आफ्ना नागरिकलाई इजरायल छोड्न अस्ट्रेलियाको निर्देशन

काठमाडौं– अस्ट्रेलियाले आफ्ना नागरिकलाई इजरायल छोड्न निर्देशन दिएको छ ।

सोमपालको बलमा युएइका कप्तान आउट

काठमाडौँ– नेपालले युएईविरुद्ध पहिलो सफलता हासिल गरेको छ । एसीसी

नेपालले युएईलाई दियो १२० रनको लक्ष्य

काठमाडौं– नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ । एसीसी