साउथ स्टार सूर्यालाई कोरोना संक्रमण | Khabarhub Khabarhub

साउथ स्टार सूर्यालाई कोरोना संक्रमण


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)– कोरोना संक्रमणबाट अझै पनि फिल्मकर्मीहरु अछुतो हुन सकेका छैनन् ।

बलिउडका अमिताभ बच्चन, अभिषेक बच्चनदेखि वरुण धवन र मलाइका अरोडासहित कैयौं सेलिब्रेटीहरु कोरोनाको चेपटामा परिसकेका छन् ।

अब यही सूचीमा दक्षिण भारतीय फिल्मका अभिनेता सूर्या पनि अँटेका छन् । यी अभिनेतालाई कोरोना संक्रमण देखिएपछि हाल उनको उपचार भइरहेको छ । यद्यपि उनले आफ्ना फ्यानलाई नआत्तिन र नडराउन आग्रह गरेका छन् ।

‘मलाई कोरोना संक्रमण भएको छ र मेरो उपचार भइरहेको छ । अहिले म ठिक छु । जीवन अहिले पनि सामान्य भइसकेको छैन । हामीले अझै पनि सुरक्षा र सावधानी अपनाउन बाँकी नै छ । यस्तो अवस्थामा मलाई साथ र सहयोग गर्नुहुने डाक्टर तथा मेडिकल स्टाफलाई विशेष धन्यवाद’, उनले ट्वीट गरेका छन् ।

सूर्याका मिल्ने साथी तथा निर्माता राजशेखर पण्डियनले पनि सूर्याको विषयमा चिन्ता नलिन फ्यानलाई आग्रह गरेका छन् । सूर्यालाई कोरोना संक्रमण भएको खबर सार्वजनिक हुनासाथ उनका फ्यानहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । उनीहरुले आफ्नो मनपर्ने अभिनेताको सिघ्र स्वास्थ्य लाभको कामना गरको छन् ।

हालै मात्र सूर्याको फिल्म ‘सोरारई पोटरु’ रिलिज भएको छ । फिल्मलाई दर्शकले निकै मनपराएका छन् ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  ११ : १० बजे

मोहन वैद्य र सन्तबहादुरबीच पार्टी एकता गर्ने सहमति

काठमाडौं– मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र सन्तबहादुर

मोदी र गान्धीलाई आचारसंहिता उल्लङ्घन गरेको आरोपमा नोटिस जारी

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस नेता राहुल गान्धीको

‘मनसरा’ नौलो अभ्यास : फिल्म प्रचार गर्न कविता कन्सर्ट

काठमाडौं– ‘मनसरा’ टिमले कविता कन्सर्टमार्फत चलचित्रको प्रचार गर्दै आएको छ

ललितपुरमा एन्फा अन्तरकलेज फुटसल हुने

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने बैशाख

तातो हावाले नेपालगञ्जको जनजीवन प्रभावित

खजुरा– चर्को गर्मी र तातो हावा ‘लु’ का कारण बाँके