एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा पीएसजीको जित | Khabarhub Khabarhub

एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा पीएसजीको जित


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्टार फरवार्ड केलियन एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सहज जित निकालेको छ ।

आइतबार राति भएको खेलमा पीएसजीले १० खेलाडीमा सीमित मार्सेलीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीको जितमा केलियन एमबाप्पे र मौरा इकार्डीले एक एक गोल गरे ।

मार्सेलीको मैदानमा नवौं मिनेटमा एमबाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको २४औँ मिनेटमा इकार्डीले गोल गर्दै पीएसजीलाई २-० को जित दिलाए ।

यस्तै खेलको इन्जुरी समयमा दिमित्री पायटले रातो कार्ड पाएपछि अन्तिम केहि समय मार्सेली १० खेलाडीमा समेटिएको थियो ।

मार्सेलीविरुद्धको जितसंगै पीएसजीले शीर्ष स्थानको लिलसँगको अंक दूरी कम गर्न सफल भएको छ ।

पीएसजीले २४ खेलमा ५१ अंक जोडेको छ । तेस्रो स्थानको पीएसजी लिल भन्दा ३ अंकले पछि रहेको छ ।

लिल ५४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । मार्सेली ३३ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  ८ : ४० बजे

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको