प्रधानमन्त्रीको सभामा ‘निर्मला पन्तलाई न्याय माग्‍ने' युवा पक्राउ | Khabarhub Khabarhub

प्रधानमन्त्रीको सभामा ‘निर्मला पन्तलाई न्याय माग्‍ने’ युवा पक्राउ


२४ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको धनगढीमा आज प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित सभास्थलमा ‘निर्मला पन्तका बलात्कारी खोइ ?’ नारा लेखिएको टिसर्ट लगाउने युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ।

सभास्थलमा सेतो टिसर्टमा कालो अक्षरले ‘निर्मला पन्तका बलात्कारी खोइ ?’, ‘निर्मलालाई न्याय दे’लेखेर पुगेका ६ जना युवाहरुलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरुलाई त्यहाँ खटिएको सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको टोलीलाई जिम्मा लगाएको जनाइएको छ ।

उनीहरुले कञ्चनपुरको भीमदत्तनगरकी १३ वर्षीया बालिका निर्मला पन्तले अझै न्याय नपाएको भन्दै प्रतीकात्मक विरोध जनाएका थिए।

निर्मलाको बलात्कार गरी हत्या गरेको २ वर्ष बितिसक्दा पनि सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै विरोधमा उत्रिएका हुन्।

दिउँसो २ बजे पक्राउ परेका उनीहरुलाई प्रधानमन्त्री आमसभा स्थलबाट निस्के लगत्तै बेलुका ५ बजे छोडिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ६ : २३ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न