काठमाडौँबाट चिनियाँले गरे चिनियाँ नागरिककै अपहरण, पाँच दिनपछि उद्धार | Khabarhub Khabarhub

काठमाडौँबाट चिनियाँले गरे चिनियाँ नागरिककै अपहरण, पाँच दिनपछि उद्धार


२४ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको एक होटेलबाट अपहरण परेका दुई चिनियाँ नागरिकको पाँच दिनपछि सकुसल उद्धार भएको छ ।

गौशलास्थित होटेल आनन्दमा बसेका चिनियाँ नागरिक लि विपिङ र लि जियाजिङ अपहरणमा परेका थिए । उनीहरुको पाँच दिनपछि सकुसल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

१९ पुसमा अपहरणमा परेका दुवैजनालाई बिहीबार घाइते अवस्थामा उद्धार गरिएको छ । अपहरणकारीको कुटपिटबाट उनीहरूको हातखुट्टामा गम्भीर चोट लागेको छ । उपचारका लागि उनीहरूलाई ग्वार्कोस्थित बि एन्ड बी अस्पताल भर्ना गरिएको अनुसन्धानमा संलग्न महानगरीय प्रहरीपरिसर काठमाडौँका प्रवक्ता डिएसपी प्रमेश विष्टले जानकारी दिए ।

‘अपहरणकारीको कब्जाबाट दुईजनाको सकुशल उद्धार भयो । यातनाका कारण उनीहरूको शरीरमा चोट देखियो । उनीहरूले उपत्यकाका विभिन्न ठाउँमा लगेर यातना दिएको देखिन्छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ,’ डिएसपी विष्टले भने ।

अपहरणमा संलग्न रहेको आरोपमा चारजनालाई पक्राउ गरिएको छ । अपहरणको कारण भने खुलिसकेको छैन । ‘हामी अनुसन्धानको प्रारम्भिक चरणमै छौँ । अनुसन्धान जारी नै छ । के कारणले उनीहरूको अपहरण भयो, त्यो खुलिसकेको छैन,’ विष्टले भने, ‘अपहरणमा संलग्न चारजना पक्राउ परेका छन् । बयानपछि पक्कै पनि खुल्नेछ ।’

नेपालमा रहेका दुई चिनियाँ नागरिकलाई अपहरण गर्ने चिनियाँ नागरिक नै रहेको खुलेको छ । उनीहरूलाई सघाउने काम भने दुई नेपालीले गरेको पाइएको छ । घटनामा संलग्न चारैजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने दुई चिनियाँ नागरिक चीन आङ्गखोई उहुका वु चाव र चीन सान्दोङ्का झाङ वे रहेका छन् । उनीहरूसँगै दुई नेपाली सिन्धुपाल्चोकको भोटेकोसी–५ का ३२ वर्षीय दाबा पासाङ लामा र माइला भनिने भक्त लामा पक्राउ परेका छन् । प्रहरीका अनुसार दाबा र भक्तले अपहरणमा सघाएका थिए ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ९ : ४३ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको