वर्षेनी १५ करोड मानिसलाई पुग्ने खानेकुरा फाल्छ अमेरिका | Khabarhub Khabarhub

वर्षेनी १५ करोड मानिसलाई पुग्ने खानेकुरा फाल्छ अमेरिका


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाले उत्पादन हुने खानेकुराको एक तिहाई खानेकुरा फाल्ने गरेको छ । अमेरिकाको वातावरण स‌ंरक्षण सम्बन्धी निकाय इपीएचले एक प्रतिवेदन सार्वजनिक गर्दै सो जानाकारी दिएको हो । अमेरिकाले यसअघि सन् २०३० सम्म खाद्यन्न फोहर आधा कटौती गर्ने प्रतिबद्धता जनाएको थियो ।

खाद्यन्न हिनामिना गर्दा लाखौँ डलर नोक्शान हुने र यसले जलवायु परिवर्तनमासमेत असर गर्छ । ठूलो परिणााममा खाद्यन्न फोहर लेन्डफिल साइटमा फाल्दा यसले वातावरणमा असर गर्ने मिथेन ग्यास उत्सर्जन गर्ने वैज्ञानिकहरुले बताउँदै आएका छन् ।

‘सन् २०१५ मा पेरिस सम्झौतामा उल्लेख भएबमोजिम विश्व तापमानलाई १ दशमलब ५ मा झार्न अमेरिकामा खाद्य प्रणालीमा परिवर्तन गर्न आवश्यक छ’, प्रतिवेदनमा भनिएको छ ।

‘जिवास्मबाट निस्काशन हुने इन्धन रोक्न सके पनि खाद्य फोहर फाल्ने अहिलेको प्रवित्तिले विश्व तापमानलाई १ दशमलब ५ मा झार्ने लक्ष्य प्राप्त गर्न सक्दैन,’ प्रतिवेदनमा भनिएको छ ।

अमेरिकामा वर्षेनी ७ करोड ३० लाख देखि १५ करोड २० लाख मेट्रिक टन खाद्यन्न खेर जाने गरेको भन्दै यो खाद्यन्नले वर्षेनी १५ करोड मानिसलाई खान पुग्ने इपीएचले जनाएको छ ।

सन् २०१५ मा अमेरिकाको कृषि मन्त्रालय र इपीएचले निजी क्षेत्र र सामुदायिक संगठनहरुको सहकार्यमा खेर जाने खाद्यन्नलाई सन् २०३० सम्म आधाले घटाउने घोषणाा गरेका थिए । तर, पनि सफलता प्राप्त गर्न सकेका छैनन् । सन् २०१० मा अमेरिकामा उत्पादन हुने कूल खाद्यन्नको ३१ प्रतिशत खाद्यन्न खेरा जाने गरेको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ९ : २० बजे

चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न डा. केसीको माग

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी

सत्ता गठबन्धनलाई माधवको चेतावनी : हामी कसैको दास होइनौँ 

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले

ओलीको प्रतिवेदन : विचार मिल्नेहरू माझ सहकार्य आवश्यक  

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुख्य प्रश्नहरूमा न्यूनतम

इलाम पुगेर गगनले भने- गठबन्धनले माघ कटाएछ भने फेरि जवाफ दिन आउनेछु

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धन लामो समय

एमालेको प्रतिनिधि परिषदमा प्रस्तुत ६ प्रतिवेदनहरू

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक चलिरहेको छ