डिजिटल प्लेटफर्ममा रिलिज भयो ‘एक’ | Khabarhub Khabarhub

डिजिटल प्लेटफर्ममा रिलिज भयो ‘एक’


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–मधेस मुद्धाको कथा उठान गरिएको फिल्म ‘एक’ घटस्थापनाको अवसर पारेर डिजिटल प्लेटफर्ममा रिलिज भएको छ । फिल्मका लेखक तथा निर्देशक मनोज पण्डितका अनुसार फिल्मले नेपालको सुरक्षाका लागि ‘सेन्टर फर सेक्युरिटी इन्टिलिजेन्ट’(सीएआई)को कथा बोलेको छ ।

फिल्ममा अभिनेता प्रमोद अग्रहरिले स्वतन्त्र मधेसको राजनैतिक एजेन्डा बोकेको पात्रका रुपमा अभिनय गरेका छन् । अर्का अभिनेता विशाल पोखरेल नेपालको गुप्तचर निकाय सिएसआईको गुप्तचर एजेन्टको भूमिकामा छन् ।

फिल्ममा ज्योत्सना योगी, प्रमोद खड्का, रामशरण पाठक, मदन ठाकुर, सुरेश शाह, सविर चुरौटे, हरून अली, रमेश महर्जन, रिसिका घिमिरे तथा बालकलाकार विश्वन्त पोखरेलको अभिनय छ ।

फिल्ममा प्रमोद खड्काको एक्सन, दीपक बज्राचार्यको छायांकन र भरत रेग्मीको सम्पादन छ । गोविन्द मधुर आचार्य, पुष्कर महतो र हरि लम्सालको संगीत रहेको फिल्म सिनेमा फ्याक्ट्रीको ब्यानरमा निर्माण भएको हो । सिनेमा घर एप, डिसहोमको च्इानल ५५५, नेट टिभी, म्याक्स टिभी र भायोनेटमा रिलिज भएको फिल्मको निर्माता आत्मा गुरागाईं र सोफिया थापा हुन् ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  ४ : २२ बजे

कुन भिटामिनको कमीले अत्यधिक निद्रा लाग्छ ?

 शरीरमा भिटामिन र मिनरल्सको उचित सन्तुलन नहुँदा यसले सम्पूर्ण शरीरमा

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बिहार आसपासमा

एसीसी प्रिमियर कप : सेमिफाइनलमा यूएईविरुद्ध भिड्दै नेपाल

काठमाडौं – एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल आज यूएईसँग भिड्दैछ।

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार