स्रष्टालाई ‘मिलाप कभर सम्मान’ | Khabarhub Khabarhub

स्रष्टालाई ‘मिलाप कभर सम्मान’


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–मिलाप मासिक पत्रिकाले आफ्नो आवरणमा आएका स्रष्टाहरुलाई ‘मिलाप कभर सम्मान’बाट सम्मानित गरेको छ । सम्मानित हुनेहरुमा नेपाली भाषा, साहित्य, कला, संस्कृति र सञ्चारमार्फत समाजमा विशेष योगदान पुर्‍याएका व्यक्तिहरु छन् ।

मिलापका सम्पादक कृष्ण भुसालको अध्यक्षतामा भएको कार्यक्रममा हिमालय टाइम्स दैनिकका सम्पादक पुरुषोत्तम दाहाल, राजनीतिक विशलेषक प्राडा सुरेन्द्र केसी, नेपाली फिल्मकी प्रथम नायिका भुवन चन्द, नेपालको पहिलो रंगीन फिल्मकी नायिका चैत्यदेवी, विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्यायलगायतको उपस्थिति थियो ।

कार्यक्रममा डा. डीआर उपाध्याय, वसुन्धरा भुसाल, चैत्यदेवी, भुवन चन्द, अश्विनीकान्त झा, सुन्दर श्रेष्ठ, सुन्दरमान थिङ, सारिका घिमिरे, वासुदेव फुलारा, चन्द्र रानाहँछा, शिवम् अधिकारी, सन्तोष श्रेष्ठ, प्रदीप बास्तोला, राज लुइटेल, योगेश काजी, सुनिता बस्नेत, शेखर खनाललाई उनीहरूको मिलाप कभर हस्तान्तरण गरिएको थियो ।

यस्तै निर्देशक मिलन चाम्स, कलाकार तथा समाजसेवी मनोज भेटवाल, साहित्यकार भीष्मराज फुलारा, लेखनाथ पोखरेल, अमर वान्तु, संगीतकार राजु सिंह, छायाकार तथा निर्देशक सवनम मुखिया, समाजसेवी तथा व्यवसायी दीपक शिवा, ताराबहादुर कुँवर, रामजी अवाल, रमेश थापा, सञ्चारकर्मी नरेश भट्टराई, सन्दीप पौड्याल र मनोज थापालाई ‘मिलाप सम्मान’ प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  २ : १२ बजे

कांग्रेसद्वारा आदिवासी जनजाति र सहकारी विभागमा सदस्य मनोनीत

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम आदिवासी जनजाति

ज्येष्ठ नागरिकलाई निःशुल्क दाँत उपहार 

भोजपुर– भोजपुरको अरुण गाउँपालिकाले ज्येष्ठ नागरिकको दाँत फेरिदिएको छ।  वृद्धावस्थामा

जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा : मन्त्री बस्नेत

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको असर

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कति पुग्यो आज?

काठमाडौं– नेपाली बजारमा सुनको भाउले शुक्रबार नयाँ रेकर्ड कायम गरेको

दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न समिति गठन

काठमाडौं– सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको