कर्मचारीले उच्च मनोवल र उत्प्रेरणाका साथ काम गर्नुपर्छ : प्रदेश प्रमुख गुरुङ | Khabarhub Khabarhub

कर्मचारीले उच्च मनोवल र उत्प्रेरणाका साथ काम गर्नुपर्छ : प्रदेश प्रमुख गुरुङ


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले निजामती राष्ट्रसेवक कर्मचारीले उच्च मनोवल र उत्प्रेरणाका साथ आफ्नो कर्तव्य यात्रामा कटिबद्ध हुनुपर्ने बताएका छन् ।

निजामती सेवा दिवसको अवसरमा उनले आज जारी गरेको शुभकामना सन्देशमा कर्मचारी पेसागत दक्षतालाई अक्षुण राख्दै देश र जनताप्रति थप जिम्मेवार बन्नुपर्ने उल्लेख छ । प्रदेश प्रमुख गुरुङले राज्यका नीति, योजना र कानुनको तर्जुमा तथा त्यसको कार्यान्वयन गराउने महत्वपूर्ण भूमिका निजामती सेवाले नै निर्वाह गर्दै आएको बताए ।

“जनताप्रति समर्पित, सदाचारयुक्त र प्रतिस्पर्धी क्षमतासहितको निजामती सेवा अहिले राष्ट्रको आवश्यकता छ”, उनले सन्देशमा भनेका छन्, “निष्ठा, लगनशीलता र इमान्दारीपूर्वक पेशागत जिम्मेवारी र कर्तव्य निर्वाह गर्ने निजामती प्रशासनबाट मात्र हामीले जनतालाई समृद्ध र सुखी बनाउने लक्ष्य हासिल गर्न सक्छौं ।”

प्रदेश प्रमुख गुरुङले राष्ट्रसेवक कर्मचारीमा आफू साधनस्रोतको परिचालन एवं शक्तिको प्रयोग गर्ने शासक नभै आम सर्वसाधारणको सेवक हुँ भन्ने भावना जागृत हुनु अपरिहार्य छ भन्दै सन्देशमा सम्पूर्ण राष्ट्रसेवक कर्मचारी वर्गलाई आजको दिनले मुलुकको विकास र सुशासनका लागि पारदर्शी तथा जवाफदेही भई जनताको सेवा गर्ने अवसर मिल्ने उल्लेख गरे ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ९ : ३० बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६