वर्ल्डलिंकले शुरू गर्‍यो ३०० एमबीपीएसको इन्टरनेट | Khabarhub Khabarhub

वर्ल्डलिंकले शुरू गर्‍यो ३०० एमबीपीएसको इन्टरनेट


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको सबैभन्दा ठूलो ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले अब घरभरि सबै तल्लामा समान गतिको इन्टरनेट उपलब्ध गराउने भएकोछ ।

वर्ल्डलिंक फोटोन स्किम अन्तर्गत यो इन्टरनेट सेवा सुरू गरेको छ । फोटोन उच्च गतिको इन्टरनेट हो । यसले घरभरि समान रूपमा इन्टरनेट उपलब्ध गराउँछ । नेपालमा पहिलो पटक ३०० एमबीपीएस सम्मको गतिमा इन्टरनेट उपलब्ध हुने छ ।

फोटोन स्किममा ग्राहकहरुले मेस वाइफाइ प्रणाली बाट घरभरि नै धेरै उच्च गतिमा इन्टरनेट प्राप्त गर्ने छन । यस्तो वाइफाइ प्राप्त गर्न नोकियाको बेकन १.१ राउटरहरु प्रयोग गरिनेछ । यसले हाल घरहरुमा भईरहेको ढिला गतिका इन्टरनेटको सम्स्याको समाधान मेस वाइफाइले गराउने छ ।

इन्टरनेट प्रयोगको एक उत्कृष्ट अनुभव दिन वर्ल्डलिंकले घरभित्र धेरै राउटरहरुलाइ नेटवर्किंग गर्ने छ । मेष वाइफाइ प्रणाली स्मार्ट जडानमा आधारित प्रणाली हो । यस्तो प्रणाली बिस्तारीकरण राउटर भन्दा धेरै राम्रो हुन्छ । मेष वाईफाईमा सबै राउटरहरु एक अर्कासँग जोडिएका हुन्छन ।

त्यसमा म्यानुअल रूपमा वाईफाई प्रयोगकर्ताको युजरनेम परिवर्तन गर्ने आवश्यकता पर्दैन। ग्राहकहरुले घरभरि इन्टरनेटको गतिमा कुनै परिवर्तन बिना राउटरलाइ सार्न सक्नेछन ।

नयाँ इन्टरनेट सेवा सार्वजनिक कार्यक्रममा बोल्दै वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडका अध्यक्ष दिलीप अग्रवालले भने ‘हामी विश्वव्यापी इन्टरनेट प्रविधिको उत्कर्ष सिमामा छौ र हाम्रो घरमा इन्टरनेटको गति निरंतर वढाउनु पर्ने आवश्यकताका साथ साथै अत्याधुनिक उपकरण र प्रबिधि सँगै एउटा गुणस्तरीय घरेलू नेटवर्किंग गर्नु पर्ने हुन्छ ।’

‘घरमा भएका विभन्न उपकरणहरु इन्टरनेटसँग जोडिएका हुन्छन । त्यसैले हामीले नेपालमा पहिलो पटक ३०० एमबिपीएस गितको वर्ल्डलिंक फोटोन सिरिज र यसको साथमा नोकिया बिकन १.१ राउटरको सँगै मेष वाई-फाई होम सोलुसन शुरू गरेका छौ’ अग्रवालले भने ।

यी उपकरणहरुको नेटवर्किंग गर्दा घरमा अन्य नेटवर्किंग मापदण्डहरुको जाँच उत्कृष्ट जडान प्रक्रियको माध्यमबाट गरिने उनले बताए । अहिले सम्म नेपालको इन्टरनेट सेवामा एक अपूर्ण अंतर भएको अग्रवाल बताउँछन् । उनले अब वर्ल्डलिंकले ल्याएको उच्च गतिको इन्टरनेट सुलभ मूल्यमा उपलब्ध हुने बताए ।

‘यसले सबैको घरलाइ स्मार्ट बनाउने छ । अहिले हामीले काठमाण्डौमा फोटोन सेवा प्रदान गर्न हाम्रो नेटवर्क लाई अद्यावधिक गरेका छौं,’ अग्रवालले भने, ‘हामी अन्य शहरहरुमा पनि फोटोन सेवा चाँडै नै शुरू गर्नेछौ ।’

वर्ल्डलिंकले मुलुकका ११००० भन्दा बढी स्थानमा वाई-फाई हटस्पट बनाएर सर्वसाधारणलाइ निःशुल्क वायरलेस इन्टरनेट उपलब्ध गराइरहेको छ । यस कम्पनीले कर्णालीजस्ता दुर्गम स्थानमा समेत वायरलेस ब्रॉडब्याण्ड टेक्नोलोजी सेवा पुर्याएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  २ : ३७ बजे

जलवायु परिवर्तनमा हाम्रो योगदान छैन : अर्थमन्त्री

वासिङ्टन– अर्थमन्त्री वर्षमान पुनले जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपालसहित

च्याम्पियन्स लिग : रियल मड्रिड सेमिफाइनलमा

काठमाडौँ– युईएफए च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड सेमिफाइनलमा प्रवेश गरेको

मानसिक रोगको कारण बन्नसक्छ स्मार्ट फोन

सामाजिक मनोचिकित्सक जोनाथान हाइडट पछिल्लो समय युवा पुस्ता अझ भनौँ

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज

एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह

महोत्तरी– स्थानीय तहमा राज्यका विभिन्न निकायद्वारा सञ्चालन गरिने एकीकृत घुम्ती