सर्वोच्चले सांसदलाई दलको ह्वीप लाग्दैन भनेको थिएन, गलत व्याख्या भयो : संविधानविद अधिकारी | Khabarhub Khabarhub

सर्वोच्चले सांसदलाई दलको ह्वीप लाग्दैन भनेको थिएन, गलत व्याख्या भयो : संविधानविद अधिकारी


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संविधानविद् विपिन अधिकारीले संसदीय व्यवस्थामा ह्वीप लाग्दैन भनेर विश्वास गर्न नमिल्ने बताएका छन् ।

काठमाडौँमा आयोजित ज्ञान गोष्ठी संवाद शृंखलामा बोल्दै संविधानविद् अधिकारीले संविधानको धारा ७६ (५) लाई उल्लेख गर्दै सर्वोच्च अदालतले सुनाएको फैसलाको गलत व्याख्या भइरहेको टिप्पणी गरेका हुन् ।

उनले भारतमा राष्ट्रपति निर्वाचनमा ह्वीप लाग्दैन भनेर कानुनमै व्यवस्था गरेको भए पनि नेपालमा त्यसरी ह्वीप नलाग्ने कुरा कतै उल्ले्ख नभएको बताए ।

‘अदालतले सांसदहरुलाई दलको ह्वीप लाग्दैन भन्यो भने त्यो अदालत हुनै सक्दैन । अदालतले राजनीतिक दलसम्बन्धी कानुन हेर्दैन र ?,’ अधिकारीले भने ।

देउवालाई समर्थन गरेर केही एमालेका सांसदहरु राष्ट्रपतिसमक्ष गएका बेला पार्टीले ह्वीप जारी नगरेको अवस्था रहेको अधिकारीको तर्क छ ।

‘सांसदहरुलाई दलको ह्वीप लाग्दैन भन्नु हास्यास्पद हो, अदालतले भनेको कुरालाई आफ्नो सुविधाअनुसार व्याख्या गर्नुहुन्न,’ अधिकारीले भने, ‘अदालतले हिजोको कुरामा व्याख्या मात्र गरेको हो । अहिलेको कुरा गरेको छैन ।’

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ५ : ३५ बजे

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना पनि राखिने

काठमाडौं – आउँदो वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन

टस जितेको नेपाल पहिला फिल्डिङमा

काठमाडौं – टी–२० सिरिज अन्त्रगतको पहिलो खेलमा नेपाल ए ले