बल्ल वीरगञ्जमा होल्डिङ सेन्टर निर्माण | Khabarhub Khabarhub

बल्ल वीरगञ्जमा होल्डिङ सेन्टर निर्माण


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– वीरगञ्ज भन्सार नाकामा एक हजार क्षमताको होल्डिङ सेन्टर निर्माण हुने भएको छ । कोरोना सङ्क्रमणको तेस्रो लहरलाई दृष्टिगत गर्दै भन्सार कार्यालयका गोदाममा होल्डिङ सेन्टर निर्माण शुरुआत गरिएको हो ।

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि भारतबाट वीरगञ्ज नाका हुँदै भित्रिने नागरिकलाई क्वारेन्टिनमा राखेर खान, बस्न तथा चिकित्सा सेवा निःशुल्क रुपमा उपलब्ध गराइने छ । प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले होल्डिङ सेन्टर निर्माण जारी रहेको जानकारी दिए ।

वीरगञ्ज श्रीपुरस्थित चण्डीप्रसाद गणको व्यस्थापकीय जिम्मेवारीमा निर्माण भइरहेको उक्त होल्डिङ सेन्टरको ठेक्का हनुमान कन्स्ट्रक्शन ललितपुरले लिएको छ । क्वारेन्टिनमा बस्नका लागि ५० अट्ने गरी २० हल, एक प्रशासनिक भवन, एक सेन्ट्रल किचेन छन् ।

विगतमा विद्यालय एवं कलेजलाई क्वारेन्टिनका रुपमा प्रयोग गरिएको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ९ : ३० बजे

३३ प्रतिशत सकियो फास्ट ट्रयाकको काम

काठमाडौं– तराईमधेश फास्ट ट्रयाकको हालसम्मको भौतिक प्रगति जम्मा ३३.२ प्रतिशत

काठमाडौंमा ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ आयोजना हुने

काठमाडौं– समृद्धिका लागि हरित ऊर्जा भन्ने मूल नारासाथ बैशाख १२

चार लाख धरौटी जम्मा गर्न नसकेपछि दीपेश पुन जेल चलान

बुटवल– सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल

आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु

गल्याङ– स्याङ्जाको बिरुवा गाउँपालिका–७, कुमेरदुङ बस्ने ७४ वर्षीय रेउसरी गुरुङको

मस्कको सुझाव- रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !

काठमाडौंं– स्पेसएक्सका मालिक एलन मस्कले इजरायल र इरानबीच बढ्दो तनावबीच