मलेसियामा अबैधानिक बसेका नेपालीले सहजै स्वदेश फर्कन पाउने | Khabarhub Khabarhub

मलेसियामा अबैधानिक बसेका नेपालीले सहजै स्वदेश फर्कन पाउने


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- मलेसियामा कार्यरत रही अबैधानिक रुपमा बसेका नेपाली श्रमिकहरुले अबदेखि सहजै स्वदेश फर्कन पाउने भएका छन् ।

यसघि मलेसियाको अध्यागमन बिभागले बनाएको अनलाइन प्रणालीमार्फत अपोइन्मेन्ट लिनुपर्ने बाध्यतालाई हटाइएके छ । योसँगै अबदेखि स्वदेश फर्कने अबैधानिक नेपालीले राहदानी वा ट्राभल डकुमेन्ट र हवाई टिकट लिएर सिधै विमानस्थल जान सकिने त्यहाँस्थित नेपाली दूतावासकी द्वितीय सचिव यसु बस्नेतले जानकारी दिइन् ।

सचिव बस्नेतका अनुसार अबैधानिक नेपालीले स्वदेश फर्कनका लागि कोरोना रिपोर्ट नेगेटिभ भएको प्रमाणपत्र, कोरोना खोप नलगाएको भए नेपालमा होटल क्वारेनटाइनको पेपर र खोप लगाएको भए सोको प्रमाणपत्र बोकेर २४ घण्टा अघिनै विमानस्थल पुग्नुपर्ने बताइन् ।

नगद कारोबार नहुने भएकोले अध्यागमन बिभागमा तिर्नुपर्ने जरिवाना ५ सय रिङगेट क्रेडिट कार्ड, डेबिट कार्ड वा टच एन्ड गो कार्डबाट तिर्नुपर्ने उनले बताइन् ।

पासपोर्ट नभएको हकमा यात्रा अनुमतिपत्र बनाउनका लागि दूतावासमा नागरिकताको प्रतिलिपि, पुरानो पासपोर्टको प्रतिलिपि, पासपोर्ट साइजको दुई प्रति रंगिन फोटो र १६० मलेसियन रिंगेट दस्तुर तिर्नुपर्छ ।

यो व्यवस्था आगामी डिसेम्बर ३१ सम्म लागू हुने भन्दै सचिव बस्नेतले मलेसियामा कार्यरत रही अबैधानिक रुपमा बसेका नेपालीहरुलाई समयमै मौकाको फाइदा उठाई स्वदेश फर्किन आग्रह गरेकी छन् ।

यसअघि यो कार्यक्रम अन्तर्गत स्वदेश फर्कनका लागि मलेसियाले दिएको समय जुन ३० देखि सकिएको थियो । तर, दूतावासले मलेसिया सरकारलाई समय अवधि थप गर्न अनुरोध गरेको थियो ।

मलेसियाले अबैधानिक कामदारहरुका लागि सञ्चालन गरिरहेको ‘रिक्यालिब्रेसन’ कार्यक्रम अन्तर्गत अहिलेसम्म ८८ हजार ३४ जना अवैधानिक विदेशी श्रमिकहरु आ-आफ्नो देश फर्किसकेका छन् । अझै १ लाख ७ हजार ५२४ भन्दाबढी विदेशी श्रमिकहरु अझै फर्किने प्रक्रियामै रहेको बताइएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ७ : ४० बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न