बाढीपहिरोले तनहुँको व्यास नगरक्षेत्रका ५५ घरमा क्षति | Khabarhub Khabarhub

बाढीपहिरोले तनहुँको व्यास नगरक्षेत्रका ५५ घरमा क्षति


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनुहुँ– केही दिन यता परेको लगातारको वर्षाले व्यास नगरपालिकाभित्रका ५५ घरमा क्षति पुगेको छ । निरन्तरको वर्षासँगै आएको बाढीपहिराले नगर क्षेत्रभित्रका ५५ घरमा क्षति पुगेको हो ।

वर्षाले कयौँ वस्तुभाउ, कुला, बाटाहरू क्षतिग्रस्त भएका छन् भने बुद्धसिंमार्गअन्तर्गत छाब्दीखोलामा पुल भत्किएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । त्यस्तै व्यास–९ माझफाँटमा खोलाले बगाएर ७३ वर्षीय नरबहादुर विष्ट बेपत्ता भएका छन् ।

नगरपालिकाले वर्षापीडित परिवारलाई राहत दिने निर्णय गरेको छ । साथै अवरुद्ध बाटाहरु खुलाउने, अन्य तत्काल मर्मतसम्भार गर्न सकिने कुला मर्मत गरिने भएको छ भने छाब्दीखोलाको बुद्धसिंमार्गमा पुलको वैकल्पिक व्यवस्था मिलाउने निर्णयसमेत भएको श्रेष्ठले बताए ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  १० : ०१ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६