‘फाइनान्सियल डिजिटलाइजेशन लिटरेसी’ को सुरुवात | Khabarhub Khabarhub

‘फाइनान्सियल डिजिटलाइजेशन लिटरेसी’ को सुरुवात


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– डिजिटल भुक्तानीकाबारे डिजिटल माध्यमबाटै जनचेतना अभिवृद्धि गर्नेगरी ‘फाइनान्सियल डिजिटलाइजेशन लिटरेसी’को सुभारम्भ भएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आइतबार उक्त कार्यक्रमको उद्घाटन गरेका हुन् । मिडिया इन्टरनेसनलको आयोजना र नेपाल राष्ट्र बैंकको प्रवर्द्धनमा शुरु भएको ‘फाइनान्सियल डिजिटलाइजेशन लिटरेसी’ को उद्घाटन (वेवीनार मार्फत) गर्दै राष्ट्र बैंकका गर्भनर अधिकारीले डिजिटल भुक्तानी आफैँमा अर्थतन्त्रको ठूलो हिस्सा बनेको बताए ।

उनले नेपालको अर्थतन्त्रमा डिजिटलाइजेशनको ठूलो महत्व रहेको बताए । डिजिटलाइजेशनलाई कसरी अगाडि बढाउने भनेर नेपाल राष्ट्र बैंकले ठूलो सपना बोकेर हिँडेको र सोही सपनामा ‘फाइनान्सियल डिजिटलाइजेशन लिटेरेसी’ एउटा पाटो हुने अपेक्षासमेत राखे ।

बैंक तथा वित्तीय संस्थाले समयको माग अनुसारको सेवा सुविधा दिनुपर्ने भन्दै गभर्नर अधिकारीले फाइनान्सियल सेक्टरमा डिजिटल सर्भिस बढाउनुपर्ने बताए । गभर्नर अधिकारीले अहिले चिया पसलदेखि ई–रिक्सासम्म क्युआर कोडको प्रयोग हुन थालेको भन्दै पसलका सामानहरु समेत डिजिटल्ली टिकटक र फेसबुकबाट देखाउने प्रचलन बढेको बताए ।

वित्तीय साक्षरतालाई डिजिटलरुपमा लैजानुपर्ने भन्दै उनले यसका लागि मार्केटिङ गर्न जरुरी रहेको पनि बताए । उनले फाइनान्सियल डिजिटलाइजेशन लिटरेसीलाई अगाडि बढाउन बैंक तथा वित्तीय संस्थाहरु एवं डिजिटल सर्भिस प्रोभाइडरहरुले हातेमालो गर्नुपर्ने बताए । गर्भनर अधिकारीले नेपाल सरकारले डिजिटल फेमवर्कलाई अगाडि ल्याएको भन्दै यसलाई साकार पार्न पनि यस अभियानले सहयोग पुर्‍याउने बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गाउँगाउँको वित्तीय पहुँचमा ‘फाइनान्सियल डिजिटलाइजेशन लिटरेसी’ कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए । गाउँका कतिपय ठाउँमा वित्तीय पहुँच नपुगेको भन्दै यसको धेरै नै महत्व हुने उनको भनाइ छ ।

फाइनान्सियल डिजिटलाइजेशन लिटरेसी कार्यक्रमका संयोजक माधव निर्दोषले फाइनान्सियल डिजिटलाइजेशन लिटरेसीलाई सबै जिल्ला र स्थानीय तहमा संचालन गरिने बताउँदै डिजिटल कारोबार बिना अबको अर्थतन्त्र सम्भव नहुने भएरै यो अभियान सुरु गरिएको बताए । विगत ६ बर्षदेखि राष्ट्र बैंकको प्रवर्द्धनमा मिडिया इन्टरनेसनलले वित्तीय जागरण राष्ट्रिय अभियानमार्फत वित्तीय साक्षरता र बैंकिङ एक्स्पो कार्यक्रम संचालन गर्दै आएको छ । फाइनान्सियल डिजिटलाइजेशन लिटरेसी सोही कार्यक्रमको परिवर्तित नयाँ कार्यक्रम हो । सो कार्यक्रम विकट जिल्ला बझाङबाट शुरू गरिने भएको छ ।

बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले फाइनान्सियल डिजिटलाइजेशनलाई ग्रामिण अर्थतन्त्र र कृषि क्षेत्रमा अगाडि बढाउन सके अर्थतन्त्रमा टेवा पुग्ने उल्लेख गरे ।

कार्यक्रममा बैंकर्स संघका अध्यक्ष भुवन दाहालले डिजिटलाईजेशनका विषयलाई ग्राहकसम्म बुझाउन जरुरी रहेको बताए । नेपाल बैंकर संघका पूर्व अध्यक्ष एवं नविल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले वित्तीय साक्षरतालाई स्कूल, कलेज लेभलका पाठ्यक्रममा राख्न सबै लाग्नुपर्ने बताए ।

कार्यक्रममा डेभलपमेन्ट बैंकर्स एशोसियसनका अध्यक्ष अध्यक्ष प्रद्युमन पोखरेलले बैंकवित्तबाट ग्राहकहरुलाई खाता खोल्ने मात्र नभइ डिजिटल्ली ऋण लिने व्यवस्था पनि गर्न सकिने बताए । उनले यसका लागि नयाँ फेमवर्क बनाएर अगाडि बढ्नुपर्ने बताए ।

‘फाइनान्सियल डिजिटलाइजेशन लिटरेसी’ के हो ?

यो कार्यक्रम पूर्णतया डिजिटल कारोबारलाई बढाउने र अर्थतन्त्रलाई डिजिटलाइजेशन गर्ने कार्यक्रम हो । ‘फाइनान्सियल डिजिटलाइजेशन लिटरेसी’ वित्तीय साक्षरता, वित्तीय पहुँचका साथै बैंकिङ कारोबार, सबै आर्थिक कारोबार, रेमिट्यान्स कारोबार, विलिङ, टिकेटिङ आदिलाई डिजिटलाइजेशन बनाउन सहयोग पुर्‍याउने कार्यक्रम हो ।

यस कार्यक्रममा विभिन्न सम्बन्धित स्रोत व्यक्ति (राष्ट्र बैंक, बैंक वित्त, क्यूआर, वालेट, टेक्नोलोजीसँग सम्बन्धित) स्रोत व्यक्तिले फाइनान्सियल डिजिटलाइजेशनका बारेमा आम–नागरिकले बुझ्ने र उनीहरुलाई डिजिटल फाइनान्सको प्रयोग गर्न सक्ने बनाउनका लागि विभिन्न कार्यक्रम संचालन हुने छ । यो कार्यक्रम विगत ६ बर्षदेखि नेपाल राष्ट्र बैंकको प्रवरद्धन तथा मिडिया इन्टरनेसनलको आयोजनामा संचालन हुँदै आएको वित्तीय जागरण राष्ट्रिय अभियान अन्तरगतको परिवर्तित नयाँ स्वरुपको कार्यक्रम हो ।

उद्यमी व्यवसायी र विद्यार्थीमा लक्षित कार्यक्रम

पहिलो चरण : प्रत्येक जिल्लामा रहेका स्थानीय उद्यमी र व्यवसायीहरुलाई लक्षित गरी बैंक, वित्त तथा सहकारी संस्थाहरुको समन्वयनमा स्कूल कलेजका प्रिन्सिपलहरु, उद्यमीहरु, व्यावसायिक ग्रुपहरु र स्थानीय जनप्रतिनिधिहरुसमेतको उपस्थितिमा जुममार्फत फाइनान्सियल डिजिटलाइजेशनको प्रयोग अभिबृद्धि बारे कार्यक्रम संचालन गरिने छ । जसमा वित्तीय साक्षरता अभिबृद्धि, बैंकिङ पहुँच अभिबृद्धि, खाता संचालन, बैंक, वित्तका सेवाहरु, रेमिट्यान्स सेवा, कर्जा लिने दिनेलगायतका कार्यमा फाइनान्सियल डिजिटलाइजेशन अवलम्बन गराइनेछ ।

दोस्रो चरण : प्रत्येक स्थानीय तहका जनप्रतिनिधिसहित त्यहाँ संचालनमा रहेका बैंक, वित्त, लघुवित्तसँगको समन्वयनमा ‘फाइनान्सियल डिजिटलाइजेशन लिटरेसी’ को कार्यक्रम संचालन गरिने छ । यस कार्यक्रमलाई विद्यार्थी वर्गमा केन्द्रीत गरिने छ । स्कूल तथा कलेजका कक्षा ९ देखि स्नातकसम्म अध्ययन गरिरहेका विद्यार्थीका लागि यो कार्यक्रम अघि बढाइने छ । यस कार्यक्रमको लक्ष्यमा रहेर नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरु र डिजिट क्षेत्रबाट गरी ३५ जना स्रोत व्यक्ति परिचालन हुनुहुने छन् ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ४ : ३० बजे

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा