धनुषामा पाँचौपटक थपियो निषेधाज्ञा | Khabarhub Khabarhub

धनुषामा पाँचौपटक थपियो निषेधाज्ञा


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञाको समयावधि थप गरेको छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाले जिल्लाभरि जेठ ३१ गते राति १२ बजेसम्मका लागि पाँचौ पटक निषेधाज्ञा थपिएको जानकारी दिए ।

यसअघि जिल्ला कोरोना सङ्क्रमण व्यवस्थापन समितिको बैठकले यही जेठ २४ गते अर्थात् आज राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो ।

सरकारले हालै जारी गरेको कोभिड—१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई थप कडाइ गर्ने जनाएको छ । निषेधाज्ञा उलङ्घन गर्ने र अवरोध गर्नेलाई अध्यादेशमा भएको व्यवस्था अनुसार कारबाही गर्न सुरक्षाकर्मीलाई निर्देशन दिइसकिएको प्रजिअ वास्तोलाले बताए ।

जिल्ला प्रशासन कार्यालय धनुषाका अनुसार जिल्लाभित्र कोभिड—१९ को नयाँ भेरियन्टको सङ्क्रमण दरमा क्रमशः सामान्य सुधार देखिएता पनि सङक्रमणको जोखिम अझै कायम रहेकाले त्यसको रोकथामका लागि निषेधाज्ञा थप गरिएको हो । निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवाका बाहेक अन्य सबै सेवा बन्द रहने बताइएको छ । –रासस

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ३ : ३८ बजे

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।