हिल्सा बिओपीलाई दैनिक उपभोग्य वस्तुको अभाव | Khabarhub Khabarhub

हिल्सा बिओपीलाई दैनिक उपभोग्य वस्तुको अभाव


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमकोट- चीनसँग सीमा जोडिएको उत्तरी हुम्लाको सिमानामा खटिएका सुरक्षाकर्मीलाई केही दिनदेखि दैनिक उपभोग्य सामग्रीमा अभाव भएको छ ।

दैनिक भान्सामा पाक्ने तरकारी, तेल, दाललगायत सामग्री अभाव भएको हो । हिल्सामा बिओपी स्थापना भएको झण्डै एक वर्ष पुगेको छ ।

सशस्त्र प्रहरी ४४ नम्बर गुल्म हुम्लाबाट प्रहरी निरीक्षक सुरज केसीका नेतृत्वमा २५ जनाको टोलीले हिल्सा नाकामा सीमा सुरक्षा दिँदै आएको छ । सशस्त्र प्रहरीलाई दाल, तेल, मसला, तरकारी दैनिक उपभोग्यवस्तु लगायतको अभाव भएको थाहा भएको छ ।

यारी, याल्वाङ, मुचु, केर्मीलगायत गाउँबाट खरीद गरेर आपूर्ति गर्नुपर्ने अवस्था रहेको बताइएको छ  । सीमा सुरक्षामा खटिएको सुरक्षाकर्मीलाई तरकारी र तेलको बढी समस्या भएको स्थानीयवासीले जनाएका छन् ।

हुम्लाको उत्तरी हिल्सा सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीले साना ठूला समस्यासँग जुधिरहनुपरेको छ । हिउँदको तीन महिना भारी हिमपात हुने हुम्लासहित उत्तरी हिल्सामा सशस्त्र प्रहरी बलको टोली यस वर्ष पहिलो पटक माइनस तापक्रममा पनि सीमा सुरक्षामा खटिएको छ ।

हिल्सामै स्थापना भएको नेपाल प्रहरीको प्रहरीचौकी भने जाडो याममा चिसो बढेपछि बसाइँ सर्ने गर्दै आएको छ तर सशस्त्रको बिओपी यस वर्ष पहिलो पटक हिल्सामा बसेको हो ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  १२ : ४५ बजे

सुहाङ भन्छन् : जातीय पहिचानका नाममा उच्छृङ्खल हुनु राम्रो होइन

  इलाम क्षेत्र नं. २ को उपनिर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार

गृहमन्त्रीको घोषणाले रात्रिकालीन श्रमिक मारमा

काठमाडौं– नयाँ वर्षको अवसर पारेर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले

हामी जातीय राजनीति गर्दैनौँ, बहुपहिचानको पक्षमा छौँ : सभापति लामिछाने 

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू

वन्यजन्तुलाई लक्षित गरी वनमा पोखरी

म्याग्दी– म्याग्दीका सामुदायिक वनमा वन्यजन्तुलाई लक्षित गरी पोखरी निर्माण गर्न

जापानको मानवरहित चन्द्रमा ल्यान्डर तेस्रो चन्द्र रातसम्म जीवित

टोक्यो– जापानको चन्द्रमा ल्यान्डर आफ्नो प्रमुख कार्यपछि दुई साताको अर्को