कामीरिता शेर्पाले गरे २५ औँ पटक सगरमाथा आरोहण | Khabarhub Khabarhub

कामीरिता शेर्पाले गरे २५ औँ पटक सगरमाथा आरोहण


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कीर्तिमानी आरोही कामीरिता शेर्पा २५ औं पटक सगरमाथा शिखरको सफल आरोहण गरेका छन् । उनले २५ औँ पटक सगरमाथा शिखरमा पुगेर आफ्नै कीर्तिमानी भंग गरेका छन् ।

काठमाडौंस्थित सेभन समिट ट्रेक्सका अनुसार डोरीको सहायताले बाटो बनाउने टोलीको नेतृत्व गर्दै कामीरिता आज सगरमाथा चुचुरोमा पुगेका हुन् । आज सगरमाथा चुचुोरमा पुग्नेमा कामिरितासहित सोलुखुम्बुका ६ र संखुवासभाका ६ गरी १२ जना शेर्पा रहेको सेभेन समिट ट्रेकका सञ्चालक मिग्मा शेर्पाले जानकारी दिए ।

आरोहण गर्नेमा कामी रिता सहित फुर्तेन्जी शेर्पा, लाक्पा नुर्बु शेर्पा, ङ्गीमा तेन्जी शेर्पा, मिङ्गमा तेन्जी शेर्पा, फुरा छिरिङ्ग शेर्पा, तेन्जिङ्ग शेर्पा, छेतेन दोर्जे शेर्पा, तेन्जिङ्ग ग्याल्जेन शेर्पा, फुर्बा छोतार शेर्पा, मिङ्गमा दोर्ची शेर्पा र फुर्बा कुसाङ्ग शेर्पा रहेका छन् ।

कामीरिताले दुई वर्षअघि २४ औँ पटक सगरमाथाको सफल आरोहण गरेका थिए ।

सोलुखुम्बुको थामेका कामीरिताले सन् १९९४ मा पहिलो पटक सगरमाथा आरोहण गरेका थिए । कामीरिताको नाममा ८ हजार मिटर अग्ला चुचुरोमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान समेत रहेको छ । कामीरितापछि धेरै पटक सगरमाथा चढ्नेमा आप्पा शेर्पा र फुर्वा तासी शेर्पा रहेका छन् ।

आज कामीरितासहितको टोलीले सगरमाथाको सफल आरोण गरेसँगै अब अन्यका लागि पनि सगरमाथा आरोहणको बाटो खुलेको छ । यो वर्ष सगरमाथा आरोहणका लागि पर्यटन विभागले ४०८ जनालाई अनुमति दिएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ८ : ०४ बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले