उज्यालो नेटवर्क अनलाइनका पत्रकारलाई रिहा गर्न सर्वोच्चको आदेश | Khabarhub Khabarhub

उज्यालो नेटवर्क अनलाइनका पत्रकारलाई रिहा गर्न सर्वोच्चको आदेश


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले उज्यालो नेटवर्क अनलाइनका पत्रकार अनिश तामाङ र महा–प्रवन्धक दुर्गालाल लामालाई थुनामुक्त गर्न आदेश दिएको छ।

शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले उनीहरुलाई रिहा गर्न आदेश दिएको हो।

उनीहरुको रिहाइका लागि पत्रकार महासंघ ललितपुर शाखाका सचिव रामहरि कार्कीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। सो रिटमा गृह–मन्त्रालयलाई विपक्षी बनाइएको थियो।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बैशाख १२ गते उनीहरुलाई काठमाडौंबाट पक्राउ गरेको थियो।

उनीहरुलाई पक्राउ नगर्न उच्च अदालतले दिएको अन्तरिम आदेशको प्रतिकूल हुनेगरी पक्राउ गरिएको भन्दै सर्वोच्चले बिनाशर्त उनीहरुलाई रिहा गर्न आदेश गरेको छ।

सो अनलाइनले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय जासुसी संस्था रअ प्रमुख सामन्त गोयलबीच एमसीसी पारित गर्न सहयोग गर्ने सम्झौता भन्दै एक सामग्री प्रकाशन भएको थियो।

यस्तो छ आदेश

 

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ६ : ३७ बजे

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली

निःशुल्क औषधीका नाममा नागरिकको जनस्वास्थ्यमा खेलबाड

काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका ४ बलियाका ५० वर्षीय देशराम

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०