पत्रकार महासंघमा अक्सिजन सहितको आइसोलेसन सेन्टर स्थापना | Khabarhub Khabarhub

पत्रकार महासंघमा अक्सिजन सहितको आइसोलेसन सेन्टर स्थापना


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा कोरोना संक्रमित पत्रकारका लागि अक्सिजन सहितको आइसोलेसन सेन्टर स्थापना गरेको छ ।

महासंघमा रहेको पत्रकार आवास गृहमा स्थापना गरिएको आइसोलेसनमा पाँच वटा बेड तयार भएका छन् भने अन्य पाँच बेड तयारीको अन्तिम चरणमा रहेको पत्रकार महासंघका महासचिव रोशन पुरीले जानकारी दिए ।

हाम्रो टिम नेपालले चारवटा अक्सिजन सिलिण्डर सहयोग गरेको छ भने मेक्सिम इन्टरनेसनल ट्रेडिङ्का प्रबन्ध निर्देशक नारायणबहादुर कार्कीका तर्फबाट दुईवटा सिलिण्ड प्राप्त भएको छ ।

काठमाडौं मेडिकल कलेज सिनामङ्लको परामर्सका आधारमा संक्रमित पत्रकारलाई अक्सिजन तथा अन्य स्वास्थ्य सम्बन्धि सुविधा उपलब्ध गराइने महासचिव पुरीले बताए ।

महासंघमा अभिलेख भएअनुसार देशभर अहिलेसम्म ६ सय ५० पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका छन् । जसमा २५२ जना सक्रिय संक्रमित छन् । जसमा प्रदेश नम्बर १ मा १८, प्रदेश २ मा ९, बागमती प्रदेश १४, गण्डकी ७, लुम्बिनी २७, कर्णाली ३०, सुदूरपश्चि ३० र उपत्यका तीनवटा प्रदेशमा ११७ रहेका छन् । संक्रमतिमध्ये ३२ जनाको अस्पतालमा उपचाररत भइरहेको तथा ४ जना आइसियुमा उपचाररत छन् भने हालसम्म ७ जना पत्रकारको निधन भएको छ ।

महासंघले देशभर रहेका सबै प्रदेश र शाखाहरुलाई कोरोना संक्रमित पत्रकार तथा सञ्चारकर्मीको उद्दार तथा उपचारमा सक्रिय सहभागिताका लागि आग्रह गरिरहेको छ ।

सो क्रममा अहिलेसम्म रोल्पा, दाङ, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पर्वत र बाग्लुङमा अक्सिजनसहितको आइसोलेसन सेन्टरको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ७ : ०५ बजे

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको

सुदूरपश्चिम सरकारबाट बाहिरिन दलका नेतालाई नागरिक उन्मुक्तिको निर्देशन

सुदूरपश्चिम – नागरिक उन्मुक्ति पार्टी केन्द्रीय कार्यालयले नेपाली कांग्रेस नेतृत्वको

दुर्गा प्रसाईँले पाएको हतियार इजाजतबारे छानबिन गर्न समिति गठन

काठमाडौं – गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नाममा इजाजत

सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु

डोटी – नुहाउने क्रममा सेती नदीमा डुबेर डोटीमा एक किशोरको

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी