आज २०७८ वैशाख २४ गते शुक्रबारको राशिफल | Khabarhub Khabarhub

आज २०७८ वैशाख २४ गते शुक्रबारको राशिफल


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७८ वैशाख २४ गते शुक्रबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ ।

सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ-

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

वैचारिक मतभेद सिर्जना हुनसक्छ । साना–तिना समस्याले सताउँछ । पारिवारीक खटपट बढ्न सक्नेछ । बोलीविपरीतको अर्थ लाग्न सक्छ । खर्च बढ्ने योग छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आज मानसिक चिन्ता बढ्नेछ । शरीर भारी र आलस्य होला । श्रमको उचित मुल्याङ्कन भएपनि सानातिना झैझमेलामा फस्नु पर्ला । प्रेम सम्बन्ध मध्यम रहनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आत्मविश्वास बढ्नेछ । सामाजिक दायित्व बढ्नेछ । पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । आफन्तसँग भेट हुनेछ । आर्थिक पक्ष मजबुद बन्नेछ । स्वास्थ्य सुधारोन्मुख हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

श्रमको उचित मूल्याङ्कन हुनेछ । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । आर्थिक लाभ रहला । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । तर महत्वपूर्ण योजना गोप्य नराखे नजिकका व्यक्तिबाट वाधा आइपर्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सौन्दर्यतामा धन खर्च हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आँटेको र ताकेको कार्य पूरा होला । न्यायीक क्षेत्रमा सफलता मिल्ला । प्रेम सम्बन्ध कसिलो बन्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

अनावश्यक ठाउँमा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । लगानी गर्नु उपलब्धीमूलक नहोला । अतिथीको सेवा होला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

अग्रजको आशिर्वाद रहनेछ । नोकरी तथा व्यवसायको क्षेत्रमा पदोन्नतीको योग छ । आकस्मिक धन लाभ होला । शत्रु कमजोर हुनेछन् । जोश जाँगर र हिम्मत बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

कला, साहित्य तथा सँगीतमा रुचि बढ्नेछ । कार्य शिद्धिको योगछ । मनमा उत्साहका साथै बोली विक्ने समय छ । शुभकार्यको चर्चा चल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

पूरानो स्वास्थ्य समस्या बल्झिन सक्छ। शैक्षिक क्षेत्रको काम सोचे अनुरूपले नबढ्नाले दिग्दारी महसुस हुन सक्छ । असीमित धन खर्चले चिन्ता बढाउनेछ । योजना अनुरूपको काम नहुन सक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । चिताएको कामले तीव्रता लिनेछ । गरेको कार्यमा सफलता पाईनेछ । पुनर्मिलनको योग रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

शैक्षिक क्षेत्र अब्बल रहनेछ । सन्तान सुख मिल्नेछ । साथीभाई र आफन्तको प्रगतिमा मन रमाउनेछ । सेयरबजार र भूमी सम्बन्धीको कारोबारबाट अधिक लाभ मिल्न सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । शुभ समाचार सुन्नमा आउला ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ५ : ४५ बजे

सुदूरपश्चिममा दुई मन्त्रीको जिम्मेवारी तोकियो

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश

भारतीय अर्थमन्त्री सीतारमण भन्छिन्- चुनाव लड्ने पैसा छैन

काठमाडौं– भारतको केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले लोकसभा चुनावमा भाग

उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु

अमेरिका– संयुक्तराज्य अमेरिकाको उत्तरी इलेनोइसमा एक व्यक्तिले जथाभावी छुरा प्रहार

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द

काठमाडौं– नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द भएको छ

नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन

काठमाडौं– नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन