सांसदको पद खोसेर प्रचण्डले जनमतको अपमान गरे : मन्त्री साह | Khabarhub Khabarhub

सांसदको पद खोसेर प्रचण्डले जनमतको अपमान गरे : मन्त्री साह


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहरी विकास मन्त्री प्रभु साहले जनताबाट निर्वाचित सांसदको पद खोसेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनमतको अपमान गर्ने अपराध गरेको आरोप लगाएका छन् ।

मङ्गलबार प्रचण्डले मन्त्री साहसहित ४ जना सांसदलाई पदमुक्त गरेपछि प्रतिक्रिया जनाउँदै मन्त्री साहले चुनाव जिताउन केही योगदान नगरेको प्रचण्डले आफूलाई पदमुक्त गर्न कुनै पनि नैतिकताले नमिल्ने भन्दै जनमतको अपमान गरेको आरोप लगाएका हुन् ।

तीन पटक चुनाव जित्दा समेत आफ्नो चुनावमा कहिले पनि प्रचण्डको उपस्थिति, घोषणापत्र वा पोस्टर केहि पनि प्रयोग नगरेको बताउँदै मन्त्री साहले आफ्नो व्यक्तित्व र मतदाताको विश्वासको बलमा चुनाव जितेको जनप्रतिनिधिलाई हटाउने प्रचण्डको कदमले जनताको मत र लोकतन्त्रको अपमान भएको जीकिर गरे ।

“मैले अहिलेसम्म तीन पटक चुनाव जितेको छु । कुनै पनि चुनावमा न त प्रचण्डलाई आफ्नो क्षेत्रमा लगेँ, न त प्रचण्डको घोषणा पत्र न त पोस्टर नै प्रयोग गरेको हुँ । आफ्नो व्यक्तित्व र जनताको विश्वासले चुनाव जितेको छु । आफू एक मत पनि बढाउन नसक्ने प्रचण्डले जनताको मतबाट निर्वाचित जनप्रतिनिधिलाई पदमुक्त गर्ने कुन नैतिकताले दिन्छ ?” मन्त्री साहले भने, “जनताको मतादेशको कदर गर्न नसक्नेले लोकतन्त्र, विधि र पद्धतिको कुरा गर्न सुहाँदैन । प्रचण्डको यो कदमले मेरो मतदाताको अपमान भएको छ, यो ठूलो अपराध हो ।”

आफूलाई मत दिने रौतहट क्षेत्र नम्बर ३ का एक जना मतदाता पनि आफूबाट बेखुशी नभएको मन्त्री साहले बताए । सांसद पदबाट हटाउने प्रचण्डको कदम निरंकुताको पराकाष्टा भएको मन्त्री साहले बताए ।

जनमतको अपमान गर्ने प्रचण्डलाई चुनावमार्फत आफ्नो असली हैसियत देखाउन समेत मन्त्री साहले चुनौती दिए ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ७ : ५२ बजे

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

केन्या– केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको

एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न नयाँ एप ल्याउने !

काठमाडौं–  धनाढ्य एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न अर्को एप लन्च

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

वैतेश्वरमा वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकाले वडागत रूपमा नेपाल सरकारले उपलब्ध गराउँदै