ज्याकी च्यान यसरी बने ‘कुंग फू मास्टर’ | Khabarhub Khabarhub

ज्याकी च्यान यसरी बने ‘कुंग फू मास्टर’


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ–जब हामी एक्सन फिल्मको कुरा गर्छौ, त्यो समयमा अभिनेता ज्याकी च्यानको नाम अवश्य लिन्छौं । हङकङका यी मार्सल आर्ट खेलाडीले आफ्नो करियरको सुरुवात ५ वर्षको उमेरमै गरेका थिए ।

अमर उजालामा प्रकाशित समाचारअनुसार उनको उमेर बढेसँगै फिल्मको संख्या पनि उल्लेख्य बढ्यो । उनलाई पर्दामा ब्रुस लीको रिप्लेसमेन्टसमेत भनियो ।

ज्याकीलाई ‘हङकङ एभेन्यू अफ स्टार्स’ र ‘हलिउड वक अफ फेम’ जस्तो उपाधि पनि दिइएको छ । उनी बुधबार आफ्नो ६६ औं जन्मदिन मनाउदैछन् ।

ज्याकीले फिल्म ‘हू एम आई’मा सहायक निर्देशक र सहायक लेखकका रुपमा काम गरेका थिए । च्यानले यो फिल्ममा एक सिक्रेट सोल्जको भूमिका निभाएका थिए । जो तीन वैज्ञानिकको भण्डाफोर गर्ने अभियानमा हुन्छन ।

फिल्ममा उनले आफ्नो स्मरण शक्ति गुमाउछन् । एक्सन र कमेडीको मिश्रण रहेको यो फिल्मलाई दर्शकले निकै मनपराएका छन् ।

ज्याकीले फिल्म ‘पुलिस स्टोरी’मा एक प्रहरीको भूमिका निभाएका छन् । जो गलत तरिकाबाट फसाइएपछि जेलबाट फरार हुन्छन् । यो फिल्ममा कमिक टाइमिङ र स्टन्ट एक्सन यति सानदार छ कि फिल्म हेरेपछि जोकोही यसको तारिफ गर्छन् । यो फिल्मको पाँच सिक्वेल बनाइएको छ ।

एक्सन कमेडी फिल्म फिल्म ‘रंबल इन ब्रोंक्स’मा च्यानले हङकङको एक प्रहरीको भूमिकामा अभिनय गरेका थिए । जो आफ्नो हजुरबुवाको सुपरमार्केट बेच्नलाई सहयोग गर्न न्यूयोर्क आउछन् ।

यसपछि कथामा कैयौं ट्वीस्ट आउछन् र ज्याकी आफैं अपराधीसँग अपराधमा लिप्त हुन्छन् ।

फिल्म ‘ड्रंकन मास्टर २’मा च्यान एक प्रख्यात मार्सल कलाकारको रुपमा अभिनय गरेका छन् । यो फिल्म ‘ड्रंकन मास्टर’को सिक्वेल थियो । आफ्नो कमेडी टाइमिङसँगै ज्याकीले यो फिल्ममा कैयौं एक्सन दृश्य पनि दिएका छन् ।

कमेडी र एक्सनले भरिपूर्ण फिल्म ‘रश आवर’मा ज्याकी एकपटक पुनः प्रहरीको भूमिका निभाएका थिए । फिल्ममा उनीबाहेक क्रिस टकर पनि प्रमुख भूमिकामा थिए । फिल्मको एक्सन र दुबै स्टारको जुगलबन्दीले लाखौं दर्शकको मन जितेको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ४ : ०७ बजे

विद्युत् आयात गर्नेबाट निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण उपलब्धि हाे : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार भृकुटीमण्डपमा आयोजित हिमालयन हाइड्रो एक्स्पो

मनमोहन ज्येष्ठ नागरिकका सच्चा मित्र र असल नेता : विद्या भण्डारी

काठमाडौं- पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री स्वर्गीय

हुम्लाको चंखेलीका तत्कालीन निमित्त प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त

हात्तीपाइलेविरुद्ध साझा अभियान

महोत्तरी– मान्छेलाई अशक्त, अपाङ्ग र कुरुप बनाउने घातक रोग हात्तीपाइले

१६औं योजना : समृद्धिका ४० राष्ट्रिय लक्ष्य (सूचीसहित)

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष २०८१/८२–२०८५/८६) मा समृद्धिका