जो विवाहको मिति पर्खिरहेका छन् | Khabarhub Khabarhub

जो विवाहको मिति पर्खिरहेका छन्


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– सन् २०२० कैयौं मामलामा चुनौतिपूर्ण रह्यो । जसमा बलिउड कलाकारहरु पनि परे । कैयौं कलाकारहरु सन् २०२० मा विवाह गरेर घरजम गर्न चाहन्थे । तर त्यसो हुन सकेन ।

दैनिक भास्करमा प्रकाशित समाचारअनुसार कोरोना महामारीका कारण कैयौं सेलिब्रेटीहरुले आफ्नो विवाह सार्नुपर्यो । यद्यपि २०२१ मा पनि त्यही समस्या देखिँदैछ । तर यो वर्ष भने कैयौं सेलिब्रेटीहरुले आफ्नो विवाह सपनालाई पुरा गर्ने तयारी गरिरहेका छन् ।

बलिउडका प्रेम जोडी अभिनेता रणवीर कपूर र आलिया भट्टको नयाँ वर्ष सुरुवातमै इन्गेजमेन्ट हुने चर्चा थियो । किनकी उनीहरुको परिवार बिदा मनाउनका लागि रणथम्भौर गएका थिए । उनीहरुको त्यहाँ इन्गेजमेन्ट हुने चर्चा भए पनि त्यो हुन सकेन ।

हालैको एक अन्तरवार्तामा रणवीरले आफूहरुले सन् २०२१ मा विवाह गर्ने संकेत गरेका छन् । उनले कोरोना नआएको भए सन् २०२० मै विवाह गर्ने योजना बनाएको खुलाए ।

अभिनेता अली फजल र अभिनेत्री ऋचा चड्डाले अघिल्लो वर्षको अप्रिलमै विवाह गर्ने योजना बनाएका थिए । तर कोभिडको लकडाउनका कारण दुवैले विवाहलाई सारे । यसबाहेक अलीको आमाको पनि सन् २०२० मै निधन भयो । जसकारण उनीहरुको विवाह हुन सकेन ।

एक अन्तरवार्तामा ऋचाले कोरोनाको भ्याक्सिन नआउञ्जेलसम्म आफूहरुले विवाह नगर्ने बताएकी थिइन् । अहिले कोरोनाको भ्याक्सिन आइसकेपनि उनीहरुले कहिले विवाह गर्छन् भन्ने टुंगो लागेको छैन । तर उनीहरुको योजना भने सन् २०२१ भित्रै विवाह गर्नेछ ।

अभिनेत्री मलाइका अरोडा र अभिनेता अर्जुन कपूर दुई वर्षदेखि प्रेम सम्बन्धमा छन् । उनीहरुको विवाहको बारेमा कैयौं अफवाह आए पनि वास्तविक कुरा भने बाहिर आएको छैन । उनीहरु सन् २०२१ मै विवाह गर्न चाहन्छन् ।

उनीहरुले लकडाउनको समय सँगै बिताए र नयाँवर्ष मनाउन उनीहरु गोवा गएका थिए ।

अभिनेत्री सुस्मिता सेन र मोडल रोहमन सल दुई वर्षदेखि डेटमा छन् । दुवैजना लिभ इन रिलेसनमा छन् र यो वर्ष विवाहको योजना बनाइरहेका छन् । रोहमन सुस्मिता भन्दा १५ वर्ष कान्छा छन् ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ३ : १५ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र