‘मिसेज श्रीलंका’ विजेताको ताज खोसिएपछि हंगामा | Khabarhub Khabarhub

‘मिसेज श्रीलंका’ विजेताको ताज खोसिएपछि हंगामा


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बो– श्रीलंकाको एक सौन्दर्य प्रतियोगितामा हंगामा भएको छ । प्रतियोगिताको मञ्चमा झगडा हुँदा शीर्ष उपाधि विजेताको टाउकोमा चोट लागेको छ ।

यहाँ भएको ‘मिसेज श्रीलंका’मा पुष्पिका डी सिल्वा विजेता घोषित भएकी थिइन् । गत आइतबार भएको यो समारोहलाई श्रीलंकाको सरकारी टेलिभिजन च्यानलले प्रत्यक्ष प्रसारण गरेको थियो ।

तर मञ्चमा उपस्थित अघिल्लो वर्षकी विजेता केरोलाइन जुरीले पुष्पिका डिभोर्सी महिला भएको भन्दै ताज खोसेपछि हंगामा भएको थियो । यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

‘प्रतियोगिताको एक नियम छ कि यो उपाधि डिभोर्सी महिलालाई दिन मिल्दैन । त्यसकारण म यो ताज दोस्रो नम्बरकी प्रतियोगीलाई दिँदैछु’, उनले भनेकी थिइन् ।

यति भनेर उनले डी सिल्वाको शीरको ताज निकालिन् र उनको छेउमै बसेकी दोस्रो नम्बरकी प्रतियोगीलाई लगाइदिइन् । यो घटनापछि सिल्वा रुँदै मञ्चबाट हिँडेकी थिइन् ।

बीबीसीमा प्रकाशित समाचारअनुसार त्यसपछि सिल्वाले आयोजकलाई आफू डिभोर्सी भएको तर पतिसँग अलग बसेको बताएकी थिइन् ।

यो घटनाको दुई दिनपछि आयोजकले उनको उपाधि फिर्ता गरेर उनीसँग माफी मागेको थियो ।

सिल्वाले फेसबुकमा पोस्ट गर्दै यो घटनापछि शीरको चोटको उपचारका लागि अस्पताल गएको उल्लेख गरेकी छन् । उनले आफूमाथि भएको अनुचित र अपमानजनक व्यवहारविरुद्ध कानूनी उपचार खोज्ने जनाएकी छन् ।

उनले आफूले पाएको ताज एकल आमाप्रति समर्पित गर्ने बताएकी छन् । ‘आज श्रीलंकामा म जस्ता धेरै एकल महिला छन्, जो पीडित छन् । यो जीत ती महिलाहरु, ती एकल आमाप्रति समर्पित छ, जो आफ्नो बच्चालाई एक्लै पालनपोषणका अलावा यी सबै झेलिरहेका छन्,’ उनले भनेकी छन् ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  २ : ५५ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ