आजको मौसम : यी हुन् आज वर्षाको पूर्वानुमान गरिएका स्थान | Khabarhub Khabarhub

आजको मौसम : यी हुन् आज वर्षाको पूर्वानुमान गरिएका स्थान


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभाव रहँदा आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ ।

हाल देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशलगायत अन्य केही पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ भने धेरै भू-भागहरुमा तुवाँलो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज अपराह्न सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी भू-भागका एकदुई स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान

चैत्र २५ गते (बुधबार)

दिउँसो: देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली  रहने छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै  स्थानहरुमा र बाँकी भू-भागका एक वा दुइ स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

राति :  प्रदेश नं १ र सुदूरपश्चिम प्रदेश साथै अन्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

चैत्र २६ गते (बिहीबार)

दिउँसो:   देशका पहाडी भू-भागमा आंशिक देखि समान्य बदली रही बाँकी भू-भागमा मौसम आंशीक बदली  रहने छ। पहाडी भू-भागका एक वा दुइ स्थानमा अपरान्हतिर मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति :  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ । पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत्र २७ गते (शुक्रबार)

दिउँसो:  देशका पहाडी भू-भागमा आंशिकदेखि समान्य बदली रही बाँकी भू-भागमा मौसम आंशीक बदली  रहने छ । पहाडी भू-भागका एक वा दुइ स्थानमा अपरान्हतिर मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति :  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ। पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

 

 

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  १० : ४५ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र