कस्तो होला ‌एफ सिरिज अन्तर्गतको ओपोको नयाँ मोबाइल ? | Khabarhub Khabarhub

कस्तो होला ‌एफ सिरिज अन्तर्गतको ओपोको नयाँ मोबाइल ?


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोबाइल उत्पादक कम्पनी ओपोले एफ–सिरिज अन्तर्गतको फ्ल्यागशिप फोन बजारमा ल्याउने तयारी थालेको छ ।

कम्पनीले आफ्नो सामाजिक सञ्जाल प्ल्याटफर्म मार्फत सुुरुवाती रुपमा “गेस दि ओपो स्टार” क्याम्पेनको थालनी गरेर यसबारेमा संकेत दिएको हो ।

टिजरहरु नियाल्दा आफ्नो नयाँ फ्ल्यागशिप मोडलका लागि कम्पनीले मल्टिपल स्टार्सका साथमा भव्य इभेन्ट गर्नेसमेत तयारी थालेको छ ।

नेपालमा पहिलो पटक सन् २०१६ मा सार्वजनिक एफ(सिरिजका स्मार्टफोन ओपोद्वारा प्रस्तुत उत्पादनहरु मध्यकै सर्वाधिक लोकप्रिय सिरिजका रुपमा स्थापित छ ।

अब कम्पनीले आफ्नो लोकप्रिय सिरिजलाई ओपो एफ १९ प्रो मार्फत थप अगाडि लैजाने तयारी थालेको छ । फोनमा प्रयोग हुने अल्ट्रा स्लिम बडी डिजाइन तथा अत्याधुनिक नव्रबर्तनात्मक प्रविधिहरुका कारण ओपो एफ १९ प्रो ले एफ सिरिजको मात्र नभई समग्र ब्राण्डकै लोकप्रियतालाई थप नयाँ उचाइमा लैजाने ओपोले लक्ष्य लिएको छ ।

एफ सिरिज अन्तर्गतको यो फोन सर्वाधिक फेशनेवल स्मार्टफोनका रुपमा स्थापित हुने कम्पनीले दावी गरेको छ । यो फोनको उत्पादनका बारेमा कम्पनीले यसै महिना जानकारी गराउने आशा गरिएको छ ।

हालसम्म कम्पनीले ओपो एफ १९ प्रो का विशेषताहरुका बारेमा आधिकारिक जानकारी दिएको छैन । तर, सदाझैँ डिजाइनमा विशेष ध्यान दिँदै फोनका लोकप्रिय फिचर्समा थप सुधार तथा नवप्रबर्तनात्मक प्रविधिहरु प्नि नयाँ फोनमा समावेश गरिने आशा गरिएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ४ : ४० बजे

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं– नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने टिमको घोषणा गरेको

१६ औँ योजनामा सूचना प्रविधिको विस्तारमा प्रधानमन्त्रीको जोड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको