पेस्तोलसहित युवा पक्राउ | Khabarhub Khabarhub

पेस्तोलसहित युवा पक्राउ


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- जिल्ला प्रहरी कार्यालय सुर्खेतले पेस्तोलसहित एक युवालाई पक्राउ गरेको छ ।

जिप्रका सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीको नेतृत्वमा गएको सादा पोशाकका प्रहरीले वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेत बस्ने ३० वर्षीय साजितअलि इन्द्रिसीलाई पक्राउ गरेको हो ।

इन्द्रिसीले सुर्खेतका विभिन्न स्थानमा हतियार देखाई डर त्रास, धम्की दिने गरेको विशेष सूचनाको आधारमा घटनास्थलमा पुगेको प्रहरीले उनलाई शनिबार बेलुका सोही वडास्थित राधाकृष्ण मन्दिर नजिक उनकै आजात रोयल सर्भिस सेन्टरको पछाडि रहेको राधाकृष्ण सर्वेश्वर मन्दिर जाने भर्‍याङमुनि मोटर पार्टस्भित्र लुकाइछिपाइ राखेको पेस्तोल बरामद गरी पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार बरामद पेस्तोलसँगै टार्गेट शुट लेखिएको सानो प्याकेटभित्र ७० थान कार्टिज फेला पारेको छ । निजलाई हातहतियार तथा खरखजानासम्बन्धी कसूर मुद्दा लगाई जिल्ला अदालतबाट तीन दिनको म्याद थपेर अनुसन्धान भइरहेको जिप्रकाले जनाएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  १० : २० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०