दाहाल–नेपाल समूहले बोलायो स्थायी कमिटी बैठक | Khabarhub Khabarhub

दाहाल–नेपाल समूहले बोलायो स्थायी कमिटी बैठक


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साबिक नेकपाको दाहाल–नेपाल समूहले स्थायी कमिटी बैठक बोलाएको छ ।

बैठक सोमबार बिहान ११ बजेका लागि बैठक बोलाइएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सर्वोच्च अदालतले नेकपाको नाम ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीलाई दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताएदिएसँगै दाहाल-नेपाल समूहले बैठक बोलाएको हो ।

बैठकमा अदालतको फैसलापछि उत्पन्न राजनीतिक जटिलता र आगामी रणनीतिबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको श्रेष्ठले बताए ।

यसैबीच दाहाल-नेपाल पक्षले सर्वोच्चले ऋषि कट्टेलको नाममा नेकपा रहने फैसलाका बारेमा सोमबार आधिकारीक धारणा सार्वजनिक गर्ने जनाएको छ ।

आइतबार साँझ सिंहदरबारमा कानूनबिद्संग छलफल गरेपछि पुष्प कमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्चको निर्णयपछि आफूहरु छलफलमा जुटेको भन्दै सोमबार धारणा सार्वजनिक गर्ने जानकारी दिएका हुन् ।

प्रचण्डले सर्वोच्चको फैसला अनापेक्षित रुपमा आएको र राजनीतिक जस्तो लागेको भन्दै सोमबार आवश्यक निर्णय गर्ने बताए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  १० : ०५ बजे

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती