चीन र भारतबीचको सीमा विवाद पूरानो भएको चिनियाँ परराष्ट्रमन्त्रीको भनाइ | Khabarhub Khabarhub

चीन र भारतबीचको सीमा विवाद पूरानो भएको चिनियाँ परराष्ट्रमन्त्रीको भनाइ


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीन र भारतबीच कतिपय स्थानमा विगतदेखि नै जारी रहेको भन्दै यसलाई समाधान गरेर अघि बढ्नुपर्ने चिनियाँ अधिकारीले बताएका छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीले भने, “अहिलेको मुख्य विषय कसरी विश्वका दुई ठूला विकासोन्मुख देशहरू एक भएर बस्न र विकास गर्न सक्छन् तथा कसरी सँगसँगै पुनरूत्थान हुनसक्छन् भन्ने हो ।”

उनले भने, “प्राचीन सभ्यतासहित दुई छिमेकी मुलुक र विश्वमा एक अर्ब जनसङ्ख्या भएका दुई उदीयमान अर्थतन्त्रका रूपमा चीन र भारतको साझा रुचि र सहयोगको ठूलो सम्भावना रहेको छ । त्यसैले चीन र भारत मित्र र साझेदार हुन्, शत्रु र विरोधीहरू होइनन् ।”

सीमा विवाद इतिहासदेखि नै बाँकी रहेको बताउँदै उनले चीन र भारतले सम्बन्ध मात्रै होइन आपसी मतभेद व्यवस्थापन र नियन्त्रण गर्नु जरूरी रहेको बताए ।

उनले दृढ सहयोगको माध्यमबाट सीमा समस्याहरूको समाधानका लागि अनुकूल परिस्थिति सिर्जना गर्नुपर्नेमा पनि परराष्ट्र मन्त्री वाङले जोड दिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ८ : १० बजे

प्रदेश सरकारले खेलकुद क्षेत्रमा बजेट बढाउँछ : मुख्यमन्त्री सोडारी

अत्तरिया–  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सरकारले खेलकुदका क्षेत्रमा

अमेरिका भ्रमण सकाएर स्वदेश फर्किए अर्थमन्त्री पुन  

काठमाडौं– अर्थमन्त्री वर्षमान अमेरिका भ्रमण सकाएर स्वदेश फर्किएका छन् । 

अब आन्तरिक कलह हट्नुपर्छ : इजरायली प्रधानमन्त्री नेतान्याहु

इजरायल– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार मोसादको मुख्यालय (इजरायलको अन्तर्राष्ट्रिय

पत्रकार राष्ट्रको सच्चा पहरेदार हो : प्रदेश प्रमुख परियार

कर्णाली– कर्णाली प्रदेश प्रमुख तिलक परियारले पत्रकार राष्ट्रको सच्चा पहरेदार

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच वटा