बैंकिङ कसूर मुद्दामा फरार भावना श्रेष्ठ पक्राउ | Khabarhub Khabarhub

बैंकिङ कसूर मुद्दामा फरार भावना श्रेष्ठ पक्राउ


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौँ महानगरपालिका–४ बस्ने ४३ वर्षीया भावना श्रेष्ठलाई काठमाडौँको चण्डोलबाट आज प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७७ पुस २९ गतेको फैसलाले उक्त मुद्दामा २ दिन कैद र रु १६ लाख जरिवाना ठहर भएकोमा उक्त सजाय बेरुजू रही श्रेष्ठ फरार हुँदै आएकी थिइन् ।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनले विसं २०७५ पुस ३ र १८ गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी झुक्यानमा पारी राष्ट्रिय वाणिज्य बैंक टङ्गालको खाताबाट भुक्तान हुने गरी चेक काटी पीडितलाई दिएकोमा बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भएको थियो ।

त्यसपछि उनी फरार हुँदै आएकी थिइन् । प्रहरीले उक्त फैसला कार्यान्वयनको लागि आजै जिल्ला अदालत काठमाडौँमा पेश गरेको ब्यूरोका प्रहरी उपरीक्षक गङ्गा पन्तले जानकारी दिइन् ।

यसैबीच काठमाडौँ चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गाबाट नियन्त्रित लागुऔषध ६०० एम्पुल नोफिन, ५०० एम्पुल डाईजेपाम र ५०० एम्पुल फेनारगनसहित पर्सा वीरगञ्जका फैयाज राउतलाई आज प्रहरीले पक्राउ गरेको छ ।

नागढुङ्गास्थित चेक प्वाईन्टमा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ४७४८ नम्बरको बसमा जाँच गर्ने क्रममा उनलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ७ : ४५ बजे

रूसविरुद्ध एफ-१६ लडाकु विमान प्रयोग भए वैध निशाना बनाउने पुटिनको घोषणा

मस्को– युक्रेनलाई दिइएको एफ-१६ लडाकु विमान तेस्रो पक्षबाट प्रयोग गरिएमा

गैँडाकोटमा अनलाइनबाट नागरिकता सिफारिस

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) स्थित गैँडाकोट नगरपालिकाले अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस

इलामको उपनिर्वाचनमा रास्वपाले मिलन लिम्बूलाई उठाउने  

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम २ को उपनिर्वाचनमा मिलन लिम्बूलाई

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो

ढाका– बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ

सादा पोशाकमा प्रहरी परिचालन नगर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं– गैर– जिम्मेवार क्रियाकलापमा संलग्न भएको गुनासो आएपछि उपप्रधान एवं