गौर हत्याकाण्ड : पीडित परिवारद्वारा दोषीलाई कारबाहीको माग (भिडियोसहित) | Khabarhub Khabarhub

गौर हत्याकाण्ड : पीडित परिवारद्वारा दोषीलाई कारबाहीको माग (भिडियोसहित)


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १४ वर्ष अघि रौतहटको गौरमा भएको हत्याकाण्ड घटनाका पीडित परिवारले दोषीलाई कारबाहीको माग गरेका छन् ।

गौर हत्याकाण्ड संघर्ष समितिले आइतबार काठमाडौंमा पत्रकार सम्मलेन गरेर दोषीहरुलाई कारबाहीको माग गरेका हुन् ।

दोषीहरुलाई कारबाही नगरे भद्रकालीमा अनशन बस्ने समेत उनीहरुले चेतावनी दिएका छन् । पत्रकार सम्मेलनमा बोल्दै गौर हत्याकाण्ड संघर्ष समितिका संयोजक रुपसागर उपाध्यायले दोषीलाई कारबाहीको माग गरे ।

घटना भएको १४ वर्ष बितिसक्दा पनि आजसम्म दोषीहरुमाथि कारबाही हुन नसकेको उनले गुनासो गरे । उनले सरकारले घट्नामा ज्यान गुमाएकालाई शहीद घोषणा गर्न र घाइते भएकाहरुको उचित उपचार गर्न सरकारसँग माग गरे ।

हेरौँ भिडियो

घटनाका घाइते तथा पीडित मनोजकुमार यादव राजनले घाइतेहरुको उपचार राज्यबाट हुनुपर्ने बताए । उनले घटनामा ज्यान गुमाएका परिवारको बालबच्चाको पालनपोषण र घर निर्माण गरिदिन सरकारसँग आग्रह गरे ।

यस्तो छ गौर हत्याकाण्ड संघर्ष समितिले मानव अधिकार आयोगलाई बुझाएको ध्यानाकर्षण पत्र

 

 

 

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ९ : १० बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय