यसकारण चढाइन्छ सूर्यलाई जल | Khabarhub Khabarhub

यसकारण चढाइन्छ सूर्यलाई जल


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – हिन्दू धर्म ग्रन्थहरुमा बिहानीपख दिनदिनै सूर्यलाई जल चढाउनुपर्ने उल्लेख गरिएको छ ।

सूर्य सबै ग्रहका स्वामी हुनुहुन्छ र सूर्यलाई नियमित जल चढाउँदा उहाँ प्रसन्न हुनुहुन्छ र उहाँको कृपा पाइँदा जीवनमा सुखशान्ति प्राप्त हुन्छ । यसका अतिरिक्त सूर्यलाई जल चढाउँदा शरीर रोगहरूबाट मुक्त हुन्छ ।

शास्त्रको अनुसरण गरेर सूर्यलाई जल चढाउनु उचित छ अनि यसको वैज्ञानिक कारण पनि छ । वैज्ञानिक दृष्टिकोणबाट हेर्दा सूर्य एक तारा हो । यो आगोको एक गोला हो । सूर्यको प्रकाश धर्तीमा परेपछि दिनको शुरूवात हुन्छ ।

मनुष्य लगायत सबै जीवजन्तु र रुखबिरुवालाई जीवित रहनका लागि सूर्य आवश्यक हुन्छ । ऊर्जाको महत्त्वपूर्ण स्रोत हो यो । सूर्यको ऊर्जा नहुने हो भने बोटबिरुवाले भोजन नै पाउँदैनन् । बिहानै उठेर ताजा हावा खाँदै उदाइरहेको सूर्यको किरण शरीरमा पार्दा हाम्रो छाला चम्किन्छ र अनुहार तेजिलो हुन्छ ।

यसका अतिरिक्त सूर्यलाई जल चढाउँदा पानीको धाराको बीचमा सूर्यको किरण पर्दा जुन रंग निस्कन्छ त्यसले शरीरलाई धेरै लाभ दिन्छ । सूर्यको किरण शरीरमा पर्दा अनेकौं हानिकारक तत्त्व नष्ट गरिदिन्छ र नकारात्मक ऊर्जालाई भगाउँछ । त्यसैले बिहानै उठेर सूर्यलाई जल चढाउँदा शरीरका लागि लाभकारी हुन्छ अनि ज्योतिषको दृष्टिबाट पनि सूर्यको कृपा प्राप्त हुन्छ । – एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ५ : ५९ बजे

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा