बायर्नसँग डर्टमण्ड निरिह | Khabarhub Khabarhub

बायर्नसँग डर्टमण्ड निरिह


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखसँग बोरुसिया डर्टमण्ड निरिह भएको छ ।

शनिबार राति भएको खेलमा बायर्नले बोरुसिया डर्टमण्डलाई ४-२ गोलले हराएको छ ।

घरेलु मैदानमा रोबर्टो लेवान्डोस्कीले ह्याट्रिक गर्दै बायर्नलाई शानदार जित दिलाए ।

खेलको दोस्रो मिनेटमा अर्लिङ हालाण्डले गोल गर्दै डर्टमण्डलाई १-० को अग्रता दिलाए । नवौं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गरेपछि डर्टमण्डले २-० को अग्रता बनायो ।

२६औँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई २-१ को स्थितिमा ल्याए । ४४औँ मिनेटमा लेवान्डोस्कीले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गरेपछि खेल २-२ को बराबरीमा पुग्यो ।

८८औँ मिनेटमा लियोन गोर्टेज्काले गोल गर्दै बायर्नलाई ३-२ को अग्रता दिलाए । ९० औँ मिनेटमा लेवान्डोस्कीले ह्याट्रिक गर्दै बायर्नलाई ४-२ को जित दिलाए ।

जितसँगै बायर्न लिगको शीर्ष स्थान यथावत छ । बायर्नले २४ खेलमा ५५ अंक छ । डर्टमण्ड ३९ अंकसहित छैटौँ स्थानमा छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ७ : ३५ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र