प्रधानमन्त्री ओलीले गरे पृथ्वीनारायण शाह अध्ययन केन्द्रको अवलोकन | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीले गरे पृथ्वीनारायण शाह अध्ययन केन्द्रको अवलोकन


२५ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रक्षा मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीले सैनिक मुख्यालय जङ्गीअड्डा परिसरमा स्थापित राष्ट्र निर्माता पृथ्वीनारायण शाह अध्ययन केन्द्रको अवलोकन गरेका छन ।

राष्ट्रिय एकता दिवसका अवसरमा गत पुस २७ गते स्थापना भएको उक्त केन्द्र राष्ट्र निर्माता र नेपाल एकीकरणबारे अध्ययन र शोध गर्न चाहने विद्यार्थी एवं अनुसन्धानकर्ताका लागि खुला गरिएको छ ।

राष्ट्र निर्माता र नेपालको एकीकरणको इतिहास एकैथलोबाट अध्ययन र अनुसन्धान गराउने लक्ष्यका साथ उक्त केन्द्र स्थापना गरिएको हो ।

मुलुकभित्र र बाहिरका सम्पूर्ण देशप्रेमी र इतिहासँग सम्बन्धित व्यक्ति, इतिहास जान्न इच्छा राख्नेले पृथ्वीनारायण शाह र एकीकरणसम्बन्धी प्रकाशित वा अप्रकाशित कुनै पन तथ्यपरक सामग्री उक्त केन्द्रमा उपलब्ध हुने छ ।

केन्द्रमा शाहवंशीय वंशवृक्ष, राष्ट्र निर्माताको ५२ हातको हस्तलिखित जन्मकुण्डली र युद्धका लागि निकालिएका शुभसाइतसम्बन्धी जानकारी पुस्तकलगायत सामग्री राखिएका छन् ।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ११ : ०२ बजे

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का