वर्ल्डलिंकको 'तहल्का' इन्टरनेट योजना | Khabarhub Khabarhub

वर्ल्डलिंकको ‘तहल्का’ इन्टरनेट योजना


२५ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले इन्टरनेटको प्रयोगभन्दा टिभीमा बढि मनोरन्जनात्मक कार्यक्रमहरु हेर्ने ग्राहकहरूलाई प्राथमिकता दिंदै सस्तोमा आइपी टिभी सेवा उपलब्ध गराउने योजना “तहल्का” ल्याएको छ ।

यस योजना अन्तर्गत ग्राहकले नेटभिटिले उपलब्ध गराउने २०० भन्दा बढी लाइभ टिभी च्यानलहरू र १० एमबीपीएसको इन्टरनेट सेवा मासिक रु. ७९९ मै पाउने छन् ।

वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत केशव नेपाल बताउँछन इन्टरनेट जडान गरेर पनि इन्टरनेटको प्रयोग धेरै नगर्ने सबै ग्राहकहरुका लागि उपयुक्त हुने गरी “तहल्का” योजना ल्याएका छौ ।

उनी भन्छन् “तहल्का” अफर सस्तो भएको हुनाले आधारभूत टिभी प्रयोगकर्ताहरू, सोशल मिडिया लगायत अन्य एपहरू प्रयोग गर्ने ग्राहकहरुका लागि धेरै नै उपयुक्त छ । हाम्रो यस प्रयासले सरकारको डिजिटल नेपाल कार्यक्रम लाई समेत सघाउने छ ।

हामीले आईपीटीभी र इन्टरनेट सेवा दुबैका लागि मासिक ७९९ रूपैयाँ मात्र शुल्क राखेका छौ ।

वर्ल्डलिंकले यस अफरसँगै नेटभीटी (आईपीटीवी) सेवासँगै कम्बो प्याकमा ६० एमविपिएस सम्मको उच्च गतिको इन्टरनेट प्याकहरू पनि उपलब्ध गराइरहेको छ ।

ग्राहकहरूले आफ्नो आवश्यकता अनुसार विभिन्न इन्टरनेट र टिभी प्यकेजहरू छनौट गर्न सक्ने छन ।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ११ : ५४ बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको