उपाध्यक्ष गौतम र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता | Khabarhub Khabarhub

उपाध्यक्ष गौतम र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता


२३ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच विहीबार भेटवार्ता भएको छ ।

संसद विघटनपछि नेकपा दुई समूहमा विभाजित भएका बेला चिनियाँ राजदूत यान्छीसँग उपाध्यक्ष गौतमले गरेको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।

विहीबार दिउँसो नक्सालमा भएको भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल भएको जनाइएको छ ।

नेकपाभित्र विवाद हुँदा यसअघि पनि चिनियाँ राजदूत यान्छीले नेताहरुसँग भेटवार्ता गरेकी थिइन ।

विभाजित नेकपालाई एकता गराउने अभियानमा आफू लागेको बताइरहेका उपाध्यक्ष गौतम हालसम्म कुनै पनि समूहमा खुलेर लागेका छैनन ।

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि एउटा समूहको नेतृत्व ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रचण्ड–नेपाल समूहले गरेका छन् ।

प्रचण्ड-नेपाल समूहले संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक भएको भन्दै सडक संघर्ष जारी राखेका छन् ।

 

प्रकाशित मिति : २३ पुस २०७७, बिहीबार  ७ : १० बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म